jhapaonline add

झापा, २५ पुस । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बेचबिखनमा संलग्न आमा–छोरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतकी कविता यादवले सञ्चालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा लिएसँगै उनको छोरा मुन्ना कुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा–१ का मंजितकुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन…

Read More

झापा, २५ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश…

Read More

झापा, २५ पुस । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन, २०६३ मा भएको उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो । यही पुस ११ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको…

Read More

झापा, २५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालित हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसपटक चार हजार ७४८ निर्वाचन प्रहरी परिचालित हुनेछन् । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ । जिल्लामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । यसमा ९५ मतदानस्थल र २७१ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । प्रजिअ गेलालका अनुसार १४७ मतदानस्थललाई संवेदनशील र…

Read More

झापा, २५ पुस । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार घोषणा गरेको छ । तीन दल मिलेको बनेको ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ले बिहीबार झापाका पाँचै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको हो । गठबन्धनको बिर्तामोडमा उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरी पाँच वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकेको हो । गठबन्धनले झापा क्षेत्र नं. १ मा बासुदेव सिंजाली मगर, निर्वाचन क्षेत्र नं. २ मा तिलबहादुर राई, क्षेत्र नं. ३ मा उदित नारायण राजवंशी, बिनिता राजवंशी, गणेश इङ्नाम, निर्वाचन क्षेत्र नं. ४ मा त्रिनारायण राजवंशी र…

Read More

झापा, २४ पुस । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् । क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रोहित काफ्ले, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान चयन भएका छन् । सदस्यमा क्रमशः सन्तोष शर्मा, लोकबहादुर कुँवर, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् । महासचिव पदमा आज भएको निर्वाचनमा भेषराज नेपाल विजयी भएका छन् । भेषराजले २१ मत ल्याउदा डिल्लीले १७ मत प्रप्त गरको निर्वाचन कमिटीले जनाएको छ । पौष १९ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदमा दुई जनाको…

Read More

झापा, २४ पुस । नेपाली कांग्रेस क्षेत्रीय समिति झापा १ ले पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुख्य उद्देश्यसहित आयोजित विशेष महाधिवेशनमा सहभागी बन्न नेता, कार्यकर्ता आग्रह गरेको छ । क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आज विज्ञप्ति निकालेर महाधिवेशन प्रतिनिधिसहित नेता, कार्यकर्तालाई पुस २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा हुने पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि आव्हान गर्नु भएको हो । सभापति बुढाथोकीले पार्टीका अग्रज, महासमिति सदस्य, महअधिवेशन प्रतिनिधि, पार्टीको भ्रातृ संघसंगठनका प्रतिनिधि, सबै तहका कांग्रेस नेता, कार्यकर्ता विशेष महाअधिवेशनमा सक्रियतापूर्वक सहभागी अपील गर्नुभएको छ। विषेश महाधिवेशनलाई राजनीतिक चुनौतीलाई गम्भीर निर्णय लिने विशेष अवसरका रूपमा अर्थ्याइएको विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक…

Read More

बिर्तामोड, २४ पुस । झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएको छ। झापा गोल्ड कपमा कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन् । गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यलाई कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सदस्यता रसिद प्रदान गर्नुभयो । प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ । स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ। सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म ६५ भन्दा बढी नयाँ सदस्य थपिएका छन्…

Read More

झापा, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार सुब्रत न्यौपाने र सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको हो । पत्रकार न्यौपाने स्पीक कर्नरका सम्पादक एवम् नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष हुनुहुन्छ भने पत्रकार भण्डारी पूर्वाञ्चल दैनिकका सहसम्पादक, राससका सम्पाददता हुनुहुन्छ ।

Read More