
झापा, २४ पुस । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् ।
क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रोहित काफ्ले, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान चयन भएका छन् ।
सदस्यमा क्रमशः सन्तोष शर्मा, लोकबहादुर कुँवर, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् । महासचिव पदमा आज भएको निर्वाचनमा भेषराज नेपाल विजयी भएका छन् । भेषराजले २१ मत ल्याउदा डिल्लीले १७ मत प्रप्त गरको निर्वाचन कमिटीले जनाएको छ ।
पौष १९ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदमा दुई जनाको उम्मेदवारी परेपछि पुस २४ गते आज निर्वाचन भएको हो ।
Facebook Comments Box


