
झापा, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार सुब्रत न्यौपाने र सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको हो । पत्रकार न्यौपाने स्पीक कर्नरका सम्पादक एवम् नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष हुनुहुन्छ भने पत्रकार भण्डारी पूर्वाञ्चल दैनिकका सहसम्पादक, राससका सम्पाददता हुनुहुन्छ ।
Facebook Comments Box


