jhapaonline add

झापा, १ साउन । राष्ट्रिय किताबखाना शाखा अधिकृत धनेश्वर प्रसाई र बिचौलिया सुदर्शन न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको इजलासले घुस लिएको प्रमाण पुष्टि भएसँगै दुवैलाई ६ महिनाको कैद र १ लाख ५० हजार जरिवानाको सजाय सुनाएको हो । गत पुस १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । उनले अवकाशप्राप्त शिक्षकको पेन्सन पट्टा बनाइदिन बहाना बनाई घुस मागेको पुष्टि भएको छ । उक्त रकम बिचौलिया न्यौपानेमार्फत लिएको प्रमाण श्रव्य–दृश्य सामग्रीसहित अदालतमा पेश गरिएको थियो । प्रसाई एमालेनिकट निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् ।…

Read More

ताप्लेजुङ, १ साउन । प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ) मा आर्थिक वर्ष २०८१/८२ मा २ लाख १७ हजार ८७६ भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । भक्तजनको आगमनमा कार्तिक महिनामा सर्वाधिक ६१ हजार १७३ जना पुगेका थिए भने साउनमा सबैभन्दा कम १ हजार ९५५ जना मात्र पुगेका थिए । आर्थिक रूपमा वैशाख महिनामा सबैभन्दा बढी ६० लाख ९० हजार ८१५ रुपैयाँ भेटी संकलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्ष शौचालय निर्माण, सवारी पार्किङस्थल निर्माण, सूचना केन्द्र स्थापनाजस्ता पूर्वाधार…

Read More

इलाम, १ साउन । इलामको सूर्योदय नगरपालिका–१ भालुखोपमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति स्थानीय काजी तामाङको घरमा माइजोगमाई गाउँपालिका–२ तारसिंह निवासी २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो । साथमा रहेका ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन् । प्रकाशलाई ससुराली लिएर गएका निरोजको सोही क्रममा सूर्योदय–१ शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो । विवादकै क्रममा शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशमाथि प्रहार गरेका थिए । घटनास्थलमै प्रकाशको मृत्यु भएको हो भने पेटमा चोट लागेका निरोजको उपचार भइरहेको छ । प्रहरीले…

Read More

झापा, १ साउन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको…

Read More

झापा, १ साउन । कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ । त्यस्तै प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण…

Read More

भापा, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही…

Read More

शिवसताक्षी, ३२ असार । झापा शिवसताक्षीको एक पसलबाट उत्पादन मिति भन्दा अगावै खाद्य सामाग्री बिक्री गरेको फेला परेको छ । शिवसताक्षीको झिलझिलेस्थित कनकाइमाई दुध डेरीमा बिहीबार (भोलि)को उत्पादन मिति लेखेको बेकरी खाद्य पदार्थ बुधबार (आज) बिक्री गरेको फेला परेको हो । शिवसताक्षी नगरपालिकाले आज उक्त बेकरी खाद्य पदार्थ बरामद गरेको छ । उपभोक्ताको दिएको सूचनाका आधारमा उक्त बेकरी पसलमा अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त बेकरी खाद्य पदार्थ शिवसताक्षी नगरको अनुगमन टोलीले बरामद गरेको जनाएको छ । शिवसताक्षी नगरपालिककी उपप्रमुख नरमाया कार्कीसहित अनुगमन टोली, नगर प्रहरी, प्रहरी लगायतको टोलीले ठुलो ब्रेड ४ थान, सानो ब्रेड ८ थान, विस्कुट…

Read More

अर्जुनधारा, ३२ असार । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबासीलाई धनीपूर्जा प्रमाणपत्र वितरण गरेको छ । नगरले आज एक कार्यक्रमको आयोजना गरी धनीपूर्जा प्रमाणपत्र वितरण गरेको हो । अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा धनिपूर्जा बितरण गरिएको थियो । अर्जुनधारा–११ का एक सय २८ घरधुरी अव्यवस्थित बसोबासीमध्ये आज ९६ परिवारलाई जग्गा धनी पूर्जा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले भूमि समस्या समाधान आयोगले प्रस्ताव गरेका कतिपय कुराहरु कानुनमा कार्यन्वयन हुन नसकेको बताएका छन् । उनले अहिलेपनि कानुनले फुकाउन नसकेका कुराहरुलाई लागू गराउन जटिलता भएको बताउँदै त्यसलाई…

Read More

बिर्तामोड, ३२ असार । बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकोयो भवन पाँच तले छ । उहाँले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनु भयो । ‘सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण…

Read More

बिर्तामोड, ३२ असार । झापाको बिर्तामोड नगरपालिका-४ स्थित मेघाबारीमा नवनिर्मित सडकको निर्माण कार्य मापदण्ड अनुसार नभएको स्थानीयवासीले गुनासो गरेका छन् । सडकमा बिछ्याइएको पेबर्स ठेक्कामा उल्लेखित मापदण्ड अनुसार नभएको स्थानीयबासीले गुनासो गरेका हुन् । बिर्तामोड-४ का स्थानीयवासी भरत राजवंशीले सडकमा बिछ्याइएको पेबर्स मापदण्ड अनुसार नभएकाे जानकारीमा आएकाले पेवर्सको गुणस्तर परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्राविधिक कुरा हामीलाई थाहा छैन, मापदण्ड भन्दा कम भएको बुझेका छौं’, उहाँले भन्नुभयो, ‘अहिले बिछाइएको पेबर्सको ल्याब परीक्षण गरेर यसको यकिन गरिनुपर्छ ।’ अर्का स्थानीयवासी विष्णुप्रसाद खरेलले सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । सडकमा बिछ्याइएको पेबर्स कम गुणस्तरको भएको जानकारी आएकाले गुणस्तर परीक्षण गरेपछि मात्र सत्यतथ्य…

Read More