ताप्लेजुङ, १ साउन । प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ) मा आर्थिक वर्ष २०८१/८२ मा २ लाख १७ हजार ८७६ भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
भक्तजनको आगमनमा कार्तिक महिनामा सर्वाधिक ६१ हजार १७३ जना पुगेका थिए भने साउनमा सबैभन्दा कम १ हजार ९५५ जना मात्र पुगेका थिए । आर्थिक रूपमा वैशाख महिनामा सबैभन्दा बढी ६० लाख ९० हजार ८१५ रुपैयाँ भेटी संकलन भएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्ष शौचालय निर्माण, सवारी पार्किङस्थल निर्माण, सूचना केन्द्र स्थापनाजस्ता पूर्वाधार निर्माण कार्य सम्पन्न गरिएको छ।
Facebook Comments Box


