
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका…
झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहलमा आज जिल्ला सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उहाँले बताउनुभयो । भिडियो समाचारका लागि यहाँ क्लिक गर्नुहोस् । https://www.facebook.com/jhapaonlineportal/videos/661995503346435 झापामा विकराल बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, दुर्घटना लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने उहाँको भनाइ छ । अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री…
रेवतीराज घिमिरेभद्रपुर, ३० बैशाख । नेपालको वर्तमान कानून विपरित भद्रपुरका १२ वटा निजी विद्यालयहरुले आइतवार विदा दिने निर्णय गरेका छन् । भद्रपुर क्लस्टर नाम दिएका ती संस्थागत विद्यालयहरूले सरकारी नियमलाई चुनौति दिँदै शैक्षिक क्यालेण्डरमै आइतवार विदा घोषणा गरेको देखिएको हो । सो कार्य वर्तमान कानून विपरितको भए पनि नियामक भने बेखवर जस्तै देखिएको छ । भद्रपुर नगरपालिका भित्र रहेका ३१ वटा संस्थागत विद्यालय मध्ये राज्यको नीतिलाई चुनौति दिँदै आफू खुशी विदाको घोषण गर्ने विद्यालयहरूमा विभूति विद्या मन्दिर, प्रज्ञा एकाडेमी, मेरिगोल्ड, डोल्मा मेमोरियल, ग्यालेक्सी इङ्लिस स्कुल, एमरेल्ड एकाडेमी, होलिल्याण्ड, ग्रिनफिल्ड, गुरूकुल पब्लिक स्कुल, इष्टपोइन्ट इङ्लिस स्कुल लगायतका १२ वटा विद्यालयहरुले क्लष्टर…
झापा, ३० बैशाख । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग मङ्गलबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति ८ः५० बजे डाइभर्सन बगाएको थियो । उहाँका अनुसार बगाएको डाइभर्सन पुनः बनाएपछि यातायात सुचारु भएको हो ।
झापा, ३० बैशाख । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो । दिउँसो सवा १२ बजे शुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको हो । नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन्…
काठमाण्डौ, ३० वैशाख । दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ । आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने लक्ष्य राखेको खबरमा उल्लेख छ । विशेषगरी २० र ३० वर्ष उमेर समूहका उपभोक्ताहरूको मागलाई सम्बोधन गर्न यो फोन बनाइएको सामसङले जनाएको छ । १ सय ६३ ग्रामको यो फोनले थप पोर्टेबल स्मार्टफोनको मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ । एस२५ एजमा २०० मेगापिक्सेलको मुख्य…
झापा, ३० वैशाख । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरूपका आधारमा नाम दिनुभएको हो । ‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नाम सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्ती पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानवबस्तीमा…
बिष्णुप्रसाद पोखरेलदमक, ३० वैशाख । दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका २७ घरमा आंशिक क्षति पुगेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । धेरैको टिनको छानो, टाटीबेरा भत्काएको छ । यसैगरी तीन वटा कृषि फर्ममा क्षति पुगेको पाइएकोे जानकारी उहाँले दिनुभयो । थापाका अनुसार नगरभित्र नौ वटा बिजुलीको पोल सडकमा ढलेका थिए । विद्युत अवरोध भएका ठाउँहरुमा तत्कालै विद्युत सुचारु गराउन पहल गरिएअनुसार अहिले विद्युत सुचारु भइसकेको थापाले बताउनुभएको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर ढलेका पोलहरुको व्यवस्थापन गरिएको थियो । केही सवारी साधनमा…
काठमाडौँ, ३० वैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सिराहा, मिर्चैया नगरपालिका–७ बाख्रा बजारस्थित सडकमा बा.प्र।०१.००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । बाँके, नरैनापुर गाउँपालिका–६ जमुनी चोकस्थित सडकमा यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको…
बिर्तामोड, ३० बैशाख । झापा थ्रीएक्सथ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने उक्त प्रतियोगिता अन्तरगत सोमबार राति भएको फाइनल खेलमा विभागी टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गर्यो । जितसँगै टाइम्सले नगद २ लाख र आकर्षक ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले नगद १ लाखमा चित्त बुझाएको छ । टाइम्सकै श्रेयसबहादुर शाह बेस्ट प्लेयर बने । आर्मीले सेमिफाइनलमा झापा बास्केटबल एशोसिएशनलाई २१(६ को फराकिलो स्कोरले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । यस्तै,…