jhapaonline add

झापा, १९ जेठ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जेठ १९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । कार्यालय भवन, सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा उहाँले वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरुसहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा उहाँले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुसाशित भई आफ्नो पदीय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्धिमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीरुलाई निर्देशन दिनुका…

Read More

झापा, १९ जेठ । सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । आज बिहान यातायात व्यवसायीहरू गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकानारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरूसँग वार्तामा बसेका थिए । आजै पुनः यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरू भएको छ। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात…

Read More

झापा, १९ जेठ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैङ्क निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो । जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको…

Read More

राजेश ढुंगानाथाहा छ र हो पनि, लोकतन्त्रको विकल्प सक्रिय राजतन्त्र वा जनगणतन्त्र जस्ता कुनै पनि अप्रजातान्त्रिक र तानाशाही शासन प्रणाली हुन सक्तैन । तर, लोकतन्त्र समाप्त हुनसक्ने भ्रम र खतराको निरन्तर त्रास देखाएर सदैवका निमित्त अनियमितता र भ्रष्ट शासनका लागि छुट लिइरहने ? हाम्रो लोकतन्त्र राष्ट्र र जनताका लागि त हुन सकेन, सकेन । केवल दलका लागि समेत हुन सकेन । दलका नेतृत्व‌मा बसेका केही व्यक्ति र तिनीहरूका आसेपासेहरूका लागि मात्र भयो; उनीहरू अनुचित र अनियमित तवरले लाभान्वित भइरहेछन् । यसरी केही स्वार्थी झुण्डको स्वार्थपूर्तिको साधन मात्र भयो– हाम्रो लोकतन्त्र ! लोकतन्त्रमा राजनीतिक नेतृत्व‌लाई जनताले आँखामा हाल्दा जनताको आँखा रत्तिभर…

Read More

झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले सात वटा बिजुलीको पोल ढालेको छ । पोल ढलेपछि विद्युत र सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति सवा नौ बजे हावाहुरी सँगै आएको पानीले दमक–४ अडियामलस्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलिको पोल ढालेको हो ।

Read More

झापा, १९ जेठ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताए । साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी…

Read More

झापा, १९ जेठ । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिको पद हस्तान्तरण भएको छ । कनकाई नगरपालिका–४ कोटिहोमस्थित समाजको आश्रममा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो । समाजको १६ औं साधारण सभाबाट कृष्ण प्रसाद भण्डारी मार्सेली अध्यक्षमा सर्बसम्वत चयन भएका थिए । समाजको पद हस्तान्तरणसंगै वशिष्ठ भण्डारी समाजको छाताभित्र रहेको स्वजन बहु चिकित्सालयका समस्या, सम्पत्ति र दायित्व एवम् कानूनी प्रक्रियाका बारेमा डा. गोपाल भण्डारीले जानकारी गराएका थिए । उनले दिएको सुझाव अनुसार कम्पनीको साधारणसभा बोलाउन अनुरोध गरिएको छ । त्यस्तै वशिष्ठ भण्डारी समाज मोरङ जिल्ला अन्तर्गतको भाउन्ने प्रशाखालाई ब्यवस्थित गरिने भएको छ । जसका लागि समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम भण्डारीको…

Read More

जेद्दाह, १९ जेठ । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो । हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् । गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ । सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र…

Read More

झापा, १९ जेठ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८…

Read More

झापा, १९ जेठ । सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत राष्ट्रिय कार्ययोजना, २०८२ को छायाप्रति साथमा राखेर सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो । मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीले यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले मनसुनजन्य विपद् न्यूनीकरणका लागि उल्लिखित कार्ययोजनामा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने विषयमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्य कार्यान्वयन गर्न र गराउन भन्दै परिपत्र जारी गरिएको बताउनुभयो । स्थानीय…

Read More