झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले सात वटा बिजुलीको पोल ढालेको छ ।
पोल ढलेपछि विद्युत र सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति सवा नौ बजे हावाहुरी सँगै आएको पानीले दमक–४ अडियामलस्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलिको पोल ढालेको हो ।
Facebook Comments Box


