
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सोलुखुम्बु, १७ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो । घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
भद्रपुर, १७ जेठ । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भन्नुभयो, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा…
झापा, १७ जेठ । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत् जनाएको छ । थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मेचीनगर, १७ जेठ । आज बिहानैदेखि परेको अविरल वर्षाको कारण झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल सो क्षेत्र एसियन हाईवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ। वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उच्च सतर्कताका साथ घटनास्थलमा रहेर हाईवे निर्माण कम्पनीका प्रतिनिधिहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ। राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। अब यातायातका साधनहरू कालिखोला हुँदै शान्तिगाउँ, वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कसम्मको वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत गरिरहेका छन्। स्थानीय प्रशासन तथा ट्राफिक…
हल्दिबारी, १७ जेठ । झापाको हल्दिबारीमा हात्तीले किसाना पसल (गुम्टी) फुटाएर सामान खाएको छ । गएराति १ बजे हल्दिबारी गाँउपालिका–३ गणेश चोकका गणेश भट्टराईको घर अगाडीमा राखिएको किराना पसलको गुम्टी जंगलबाट आएको एउटा हात्तीले फुटाई गुम्टी भित्र रहेको विभिन्न किराना सरसामान खाएको हो । हात्तीले सामान खाँदा करिब ६० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सामान खाएर हात्ती जंगल तर्फ गएको जनाइएको छ ।
झापा, १७ जेठ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको छ। अदालतले अंकिताको परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिँदै त्यस्तो फैसला सुनाएको हो । वनन्तरा रिसोर्टका मालिक पुलकित आर्य भारतीय जनता पार्टीका पूर्वनेता तथा पूर्वराज्यमन्त्री विनोद आर्यका छोरा हुन् । उत्तराखण्डको पौडी गढवाल जिल्लाको दोभ श्रीकोटकी निवासी अंकिता भण्डारी लक्ष्मण झुला प्रहरी चौकी क्षेत्र र ऋषिकेशको चिलाको बीचमा रहेको वनन्तरा रिसोर्टमा रिसेप्सनिस्ट थिइन्। २०२२ सेप्टेम्बरमा अंकिता हराएको रिपोर्ट गरिएको थियो र त्यसको दुई दिनपछि चिला नहरमा उनको शव…
झापा, १७ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन…
बिर्तामोड, १७ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको कोशी प्रदेश प्रमुखमा झापा बिर्तामोडका आनन्द गुरुङ निर्वाचित भएका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाका पूर्व अध्यक्ष समेत रहेका उनी केन्द्रीय सदस्य हुँदै पाँचौ राष्ट्रिय महाधिवेशनबाट हाल कोशी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् । बिर्तामोड नगरपालिका–५ तमु टोल निवासी उनी सामाजिक सेवामा पनि अग्रसर छन् । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति सदस्य हुन् ।
मेष: महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा खासै प्रगति हुने देखिन्न। मन सद्विचार राख्नु होला, यसले फाइदै गर्नेछ। प्राविधिक कार्यमा सफल भइनेछ। वृष: शुभकार्यको चर्चा चल्नेछ। व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ। प्रेमीको सहयोग पाइएला। पारिवारिक रमाइलो भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। खर्च भने केही बढ्नेछ। मिथुन: धर्मकर्ममा मन लाग्नेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। प्राविधिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघट होला। वैदेशिक कार्य अघि बढ्नेछ। मङ्गल कार्यको चर्चा चल्नेछ। कर्कट: इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। प्रेम र मित्रताको बन्धन कसिएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। आँटे-ताकेको पूरा होला। सिंह: महत्त्वपूर्ण कार्यमा व्यवधान आइ पर्नेछ। कलहको योग भएकाले कसैसँग बोल्दा…
झापा, १७ जेठ । कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ। आज दिउँसो कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। आज राति कोसी…