हल्दिबारी, १७ जेठ । झापाको हल्दिबारीमा हात्तीले किसाना पसल (गुम्टी) फुटाएर सामान खाएको छ ।
गएराति १ बजे हल्दिबारी गाँउपालिका–३ गणेश चोकका गणेश भट्टराईको घर अगाडीमा राखिएको किराना पसलको गुम्टी जंगलबाट आएको एउटा हात्तीले फुटाई गुम्टी भित्र रहेको विभिन्न किराना सरसामान खाएको हो ।
हात्तीले सामान खाँदा करिब ६० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सामान खाएर हात्ती जंगल तर्फ गएको जनाइएको छ ।
Facebook Comments Box


