बिर्तामोड, १७ जेठ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको कोशी प्रदेश प्रमुखमा झापा बिर्तामोडका आनन्द गुरुङ निर्वाचित भएका छन् ।
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाका पूर्व अध्यक्ष समेत रहेका उनी केन्द्रीय सदस्य हुँदै पाँचौ राष्ट्रिय महाधिवेशनबाट हाल कोशी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् ।
बिर्तामोड नगरपालिका–५ तमु टोल निवासी उनी सामाजिक सेवामा पनि अग्रसर छन् । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति सदस्य हुन् ।
Facebook Comments Box


