
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको…
चन्द्र बस्नेतकनकाई, १५ वैशाख । झापाको कनकाई नगरपालिकाले कृषकलाई राइस ड्रम सिडर (धानको बीउ रोप्ने) मेसिन वितरण गरेको छ । धान उत्पादन बृद्धसँगै कृषिमा प्रविधिको प्रयोग बढाउने उद्देश्यले आज यहाँका १२ जना कृषकलाई राइस ड्रम सिडर मिसिन वितरण गरेको हो । ३० हजार रुपैयाँभन्दा बढी पर्ने उक्त मेसिन नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत सहभागितामा वितरण गरिएको हो । कृषि उकरण वितरण गर्नुहुँदै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो…
कनकाई, १५ बैशाख । झापाको कनकाई नगरपालिकामा होमस्टे सञ्चालनका लागि अभिमुखीकरण प्रदान गरिएको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गरी पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र कनकाई नगरपालिकाको समन्वयमा आज ३५ जनालाई होमस्टे सञ्चालन सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । कनकाई–३ सुरुङ्गा जेसीज हलको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले गर्नुभएको थियो भने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । ग्रामीण प्रर्यटन अभियान्ता तथा मेचीनगर पालिका वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले स्वागतसँगै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, सागर…
भद्रपुर, १५ बैशाख । झापाको भद्रपुरमा ३ दिने योग शिविर शुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापामा आजदेखि ३ दिने शिविर शुरु भएको हो । भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य, झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, सप्र बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नपा वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा, भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की, कोशी प्रदेश उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, उद्योग तथा…
चितवन, १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको हो । राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको उहाँको भनाइ छ । यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने…
हल्दिबारी, १५ बैशाख । झापाको हल्दिबारीमा गएराति परेको चट्याङ लागेर पाँच वटा चौपाया मरेका छन् । हल्दिबारी गाउँपालिका–२ पग्लाबारीका जयराम मुर्मुको गोठमा बाँधेर राखेको गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटा राति पानीसँगै परेको चट्याङले लागी मृत्यु भएको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरी, १५ बैशाख । भारतको जम्मू कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।
भ्यानकुभर, १५ बैशाख । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो । भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए । यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पत्ता लागेको छ। रोयले यो घटनाको कारण स्पष्ट नभए…
झापा, १५ बैशाख । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित २४ जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइउने तयारी छ। उनीहरुलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो। उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको…
इलाम, १५ बैशाख । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने । इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक…