
भद्रपुर, १५ बैशाख । झापाको भद्रपुरमा ३ दिने योग शिविर शुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापामा आजदेखि ३ दिने शिविर शुरु भएको हो ।
भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य, झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, सप्र बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नपा वडा नं. ८ का वडाध्यक्ष मनोज सुब्बा, भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की, कोशी प्रदेश उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, उद्योग तथा व्यवसायी तोया गड्तौला, नितेश बर्मा, क्षितिज खवास, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापामा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारी गरी ७५ जनाको उपस्थितिमा जीवन विज्ञान प्रतिष्ठानका प्रदेश सल्लाकार लक्ष्मण न्यौपाने लगायतको टोलिले ‘शारिरिक तथा मानसिक स्वास्थ्यको लागि योग शिविर’ सञ्चालन भएको हो । शिविर बैशाख १७ गते समापन हुने सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिनुभयो ।


