
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’ मुलुकलाई निकास दिन समाजवादी गणतन्त्र अपरिहार्य रहेको बताएका छन् । जनता अहिलेको व्यवस्थामा सन्तुष्ट नरहेको भन्दै महासचिव विप्लवले अहिले तत्काल ठूलो बिद्रोहको सम्भावना पनि नरहेको उल्लेख गरे । झापाको बिर्तामोडमा सोमवार कुराकानी गर्दै महासचिव विप्लवले अहिलेको व्यवस्था ठीक छ भन्ने कोही नरहेको र समाजवाद निर्माणका लागि दलहरु तयार हुनुपर्ने बताएका छन् । राजनीतिक दलको इच्छाशक्ति नहुँदा संविधानमा समाजवाद उन्मुख लेखिए पनि उक्त विषय देशको निकास नभएकाले नागरिकको निराशालाई चिर्न नेकपालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्न राजनीतिक दलका प्रमुखहरु तयार हुने…
कचनकवल, ५ चैत। कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार गरेको छ, जसले स्थानीय बासिन्दालाई स्वच्छ पानी उपभोग गर्ने अवसर प्रदान गरेको छ। यसै आर्थिक वर्षमा पालिकाले पुनः १ करोड १५ लाख रुपैयाँको अनुदान प्राप्त गरेको थियो, जसअनुसार ९२ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भइसकेको छ। बालुबाडी र बनियानी क्षेत्रमा प्रत्येक घरमा खानेपानीको पाइपलाइन जडान गरिसकिएको छ। साथै, आर्सेनिकयुक्त पानीको समस्या समाधान गर्न शुद्ध पानी वितरण अभियान सञ्चालन भइरहेको छ। पालिकाले गत वर्ष खरिद गरेका पाइपहरू सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण…
निरोज कोइरालाभोजपुर, ५ चैत । भोजपुरमा हावाहुरीसँगै सोमवार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरण अनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन । नजिकैको पारपानी टङटङ्गेडाँडा स्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आई पुग्दा भोजपुर नगरपालिका वडा नम्बर १२ पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्र प्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तिर्थ प्रसाद सुवेदीको घर पाली, चन्द्र प्रसाद सुवेदीको घर, राम बहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली नष्ट भएको…
एजेन्सीँ, ५ चैत । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका प्रमुख मोहम्मद जकौतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले लेखेको छ । इजरायली आक्रमण सयौं घाइते भएका र तीमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । इजरायलले हवाई आक्रमण शुरू गर्नुअघि ह्वाइट हाउसलाई सूचना दिएको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका खबरमा उल्लेख छ । युद्धविराम बढाउने वार्ता सहमतिमा पुग्न असफल भएपछि इजरायली सेनाले ‘व्यापक’ आक्रमण गरिरहेको बताएको छ । जनवरी…
चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिड–१९ -(कोरोना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ । एक हप्तामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । लेयर्स चल्ला हप्तामा दुई लाख ५०…
ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् । यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकास समितिका…
झापा, ५ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको छ । आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि…
मङ्गलबारे (इलाम), ५ चैत । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उनले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको…
झापा, ५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् ।…
झापा, ५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनुभयो । मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर…