
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २० बैशाख । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को छैटौं संस्करणको उपाधि प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका धादिङका पाण्डे विजेता बनेका हुन्। उपाधिसँगै पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १–१ लाख रुपैयाँ जिते। त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित हुँदा कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बने। कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्। समारोहमा सबै कोचसहित ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेर र इन्द्रकला राईले प्रस्तुति दिएकी थिइन्। लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक…
झापा, २० बैशाख । देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना। त्यसैगरि पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत छ। ‘आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिँदैन,’लामिछानेले भने, ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ पश्चिमी वायु…
झापा, २० बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८० रूपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३० पैसा, क्यानेडियन…
बिर्तामोड, २० बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले आज पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्दैछ । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले आज झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो । सामाजिक रूपान्तरणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको साहसिक कार्यको सम्मान स्वरुप प्रतिष्ठाने रू एक लाख एक हजार रुपैयाँसहितको…
झापा, २० बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम…
झापा, १९ बैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केटमा चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकारसहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उपसमितिको कार्यअवधि बिर्तामोड उद्योग वाणिज्य संघ सरह नै रहने छ । गठित उपसमितिको सह संयोजकमा शत्रुधनप्रसाद गुप्ता, सचिव पंकजकुमार मित्तल, सहसचिव निकेशकुमार बिहानी र कोषाध्यक्षमा राजीव जैन रहेका छन् ।उपसमितिको सदस्यमा श्यामसुन्दर वंशल, निरज वंशल, टीका गौतम, घनश्याम ढुङ्गाना, महादेव चौधरी, रवि वंशल, राकेश विन्दल, मो. एकताज, मोहन…
नेत्रविक्रम बिमलीहल्दिबारी, १९ वैशाख । हल्दीबारी गाउँपालिकामा बैशाख १९ गतेसम्म २२९ जनाले सम्बन्धविच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन् । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार आव २०७४/०७५ देखि वैशाख १८ गतेसम्म हल्दिबारी गाउँपालिकाका विभिन्न वडाबाट २२९ जनाले सम्बन्धविच्छेद गरी प्रमाणपत्र लिएका हुन् । उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्नि वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या २२९ पुगेको हो । जस अनुसार वडा नं. १ मा ८६, वडा नं. २ मा ५२, वडा नं. ३ मा २७, वडा नं. ४ मा ३० र वडा नं. ५ मा ३४ जना रहेका छन् । पालिकाले दिएको जानकारी अनुसार सोही…
झापा, १९ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले “त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाडौंमा आयोजित एक समारोहवीच सार्वजनिक गरेको छ। मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनहरू समेटिएको प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी…
झापा, १९ बैशाख । झापाको झापा गाउँपालिका–७ स्थित झागडटोलमा आगलागी भएको छ । आज दिउँसो १ः३० बजेको समयमा झापा गाउँपालिका–७ बस्ने गोविन्द सिंह क्षेत्रीको टाटी बेरा, फुसको छानो भएको भान्सा घर र घरसँगै जोडिएको गाई गोठमा आगलागी भएको हो । अचानक चुलोबाट आगो सल्कीएर आगलागी भएको भन्ने २ बजेको समयमा प्रहरी चौकी शरणामतिमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर स्थानिय र प्रहरीको सहयोगमा २ः४५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट गोठ, भान्सा घरमा रहेको भाडा वर्तन पूर्ण रुपमा जलेर नष्ट र उक्त आगलागीबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले…
बिर्तामोड, १९ बैशाख । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिले कुल गुरु शंकराचार्यको १२३७ औं जन्म जयन्ती मनाएको छ । समाजले शुक्रबार बिर्तामोडस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाएको हो । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष विदुर गिरी, सदस्य रणवहादुर गिरी, नगरका प्रेस सल्लाहकार उद्धव पुरी, सदस्य माया गिरी लगायतले शंकराचार्यको तस्वीरमा माल्यार्पण गर्दै पुष्प गुच्छा अर्पण गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रजीत पुरीले गरेका थिए । दशनामी समाज बिर्तामोड नगर समितिले प्रत्येक बर्ष दशनामीका कूलगुरु शंकराचार्यको जन्मजयन्ती मनाउँदै आएको छ ।