नेत्रविक्रम बिमली
हल्दिबारी, १९ वैशाख । हल्दीबारी गाउँपालिकामा बैशाख १९ गतेसम्म २२९ जनाले सम्बन्धविच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन् ।
गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार आव २०७४/०७५ देखि वैशाख १८ गतेसम्म हल्दिबारी गाउँपालिकाका विभिन्न वडाबाट २२९ जनाले सम्बन्धविच्छेद गरी प्रमाणपत्र लिएका हुन् ।

उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्नि वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या २२९ पुगेको हो । जस अनुसार वडा नं. १ मा ८६, वडा नं. २ मा ५२, वडा नं. ३ मा २७, वडा नं. ४ मा ३० र वडा नं. ५ मा ३४ जना रहेका छन् ।
पालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा २२०६ जनाले विवाह दर्ता प्रमाणपत्र लिएका छन् । जस अनुसार वडा नम्बर १ मा ५७४ जना, वडा नम्बर २ मा ६१२ जना, वडा नं. ३ मा ३३७ जना, वडा नम्बर ४ मा ३७३ जना र वडा नम्बर ५ मा ३१० जना रहेका छन् ।
त्यस्तै, सोही अवधिमा हल्दिबारी गाउँपालिकाका पाँच वटा वडामा १६ सय ३३ जनाको मृत्यु दर्ता गरिएको छ । जस अनुसार वडा नम्बर १ मा २३७ पुरुष र १९६ महिला त्यस्तै वडा नम्बर २ मा २४५ पुरुष र १८३ महिला, वडा नम्बर ३ मा १३९ पुरुष र १०४ महिला, वडा नम्बर ४ मा १४० पुरुष र ११३ महिला र वडा नम्बर ५ मा १३६ पुरुष र १३९ महिला गरी १६ सय ३३ जनाको मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको हो ।
२०७४ को स्थानीय निर्वाचनपछि बनेको हल्दिबारी गाउँपालिकामा सोही अवधिमा २७११ बालक र २६१४ बालिका गरी ५३२५ जनाको जन्मदर्ता गरिएको छ।
सोही अवधिमा वडा नं १ मा ७२१ बालक र ६४२ बालिका, वडा नम्बर २ मा ७८७ बालक र ७२६ बालिका, वडा नं. ३ मा ३६६ बालक र ३८४ बालिका, वडा नम्बर ४ मा ४४८ बालक, र ४६९ बालिका र वडा नम्बर ५ मा ३८९ बालक र ३९३ जना बालिकाको जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको हो ।
सोही अवधिमा ८७२ परिवारका २७४६ जना हल्बिारीमा बसाई सराई गरी विभिन्न वडामा आएका छन् भने ९२० परिवारका २९०८ जना हल्बिारीका विभिन्न वडाबाट अन्यत्र बसाईसराई गरी गएको देखिन्छ।


