
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
धवलागिरि, ६ चैत । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय…
झापा, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यसअवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका…
झापा, ६ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन…
झापा, ६ चैत । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । “यस समयमा, आइडीएफ ९इजरायल रक्षा बल० र शिन बेटले गाजा पट्टीभरि बिद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,” सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । “विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।” इजरायलले…
झापा, ६ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…
रोहित काफ्लेभद्रपुर, ५ चैत । झापाका तीनवटा जंगलमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ। हिजो अपरान्ह भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० विगाहा वन क्षेत्र क्षति भएको छ। प्रहरी र भद्रपुर तथा विर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। त्यस्तै, दमक–१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अर्को, बुद्धशान्ति गाउँपालिका–६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको प्रहरीले जानकारी दिएको छ। डढेलोबाट करिब २५ हेक्टर…
झापा, ५ चैत । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र खसी घिसारेर मार्ने गरेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हालसम्म आधा दर्जन खसीबाख्रा मारिसकेको जनाउँदै वडाध्यक्ष कार्कीले स्थानीय चिया बगानमा कार्यरत श्रमिक र विहान बेलुका बाटो हिँड्ने व्यक्तिहरु चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको बताउनुभयो । “अहिलेसम्म खसीबाख्रा मात्रै मारिरहेको छ,” उहाँले भन्नुभयो– “चितुवाले कुनै पनि बेला बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।” स्थानीय प्रशान्त पाण्डेले…
काठमाण्डौ, ५ चैत । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो । प्रतियोगिताको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस्तै समूह ‘बी’ मा नेपाल, भारत र श्रीलङ्का छन् । नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा मे १३ मा भारतसँग खेल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारत खेल्नेछन्…
काठमाडौँ, ५ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस
झापा, ५ चैत । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।