
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाडौँ, २७ असार। तीन किलो चार सय ग्राम लागू औषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयका सूचना अधिकृत तथा प्रवक्ता जनकबहादुर शाहीले ४९ वर्षका भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । शाहीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा अजरबैजानबाट कतार एअरलाइन्सको उडानमार्फत आएका भारतीय नागरिकलाई पक्राउ गरिएको हो । उहाँले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अवस्थामा तीन किलो चार सय ग्राम लागू औषध कोकिन बरामद गरिएको हो ।अभियुक्तलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी दिनुभयो।
बिष्णुप्रसाद पोखरेलदमक, २७ असार। झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ । जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ । बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रमित भएका…
शिवसताक्षी, २७ असार । नेकपा एमाले निकट युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी अध्यक्षमा शिवराज राई निर्वाचित भएका छन् । युवा संघको तेस्रो नगर अधिवेशनबाट राई चिर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा संजोक दाहाल निर्वाचित भएका छन् । विहीबार शिवसताक्षीको शिवगञ्जमा भएको अधिवेशनमा युवा संघ नगर अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा चुवानी प्रकृयाबाट चयन गरिएको युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामाले जानकारी दिए । अन्य पदमा भने सर्वसम्मत चयन भएको उनले बताए । त्यस्तै कमिटीको सचिवमा हेमराज पाण्डे, उपसचिव द्वयमा शुशिला राजवंशी, विरबहादुर कटुवाल, कोषाध्यक्षमा सचिव श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कमिटीमा १५ सदस्य…
झापा, २७ असार । झापा र सुनसरीबाट असार २६ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक झापाले गोप्य सूचनाको आधारमा दमक नगरपालिका-४ का १९ बर्षीया प्रिया तामाङ, दमक-५ का १९ बर्षीय सुमित सुन्दास, २१ बर्षीय प्रविन चेम्जोङ र दमक-१० का २७ बर्षीय मनोज खनाललाई ३५० क्याप्सुल र ३५० चक्की सहित दमक-४ बाट नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का २६ बर्षीय धिरेन राई र २७ बर्षीय धिरज मगरलाई २ ग्राम ब्राउन सुगर सहित इटहरी-४ स्थितबाट नियन्त्रणमा लिएको हो ।
झापा, २७ असार । गत वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ। यस अवधिमा विपद्मा परेर २६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर १५५ जना घाइते भएका छन् । चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । त्यसैगरी, जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ। यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठ जना, सर्पको…
झापा, २७ असार । पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसमा यात्रा गरिरहेका नौ जनालाई ओरालेर गोली हानी हत्या गरेका छन् । क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई यात्रुबसलाई लक्षित गरी बिहीबार साँझ यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना भएको हो । बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जनाको मृत्यु पुष्टि गर्दै मृतकको शव पञ्जाब पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । सरकारी अधिकारीहरूका अनुसार हमला बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले कलात, मास्तुङ र झोबमा आतंककारी आक्रमण भएको पुष्टि गर्दै भन्नुभयो, “सुरक्षा बलले तीनै स्थानमा तुरुन्त कारबाही गरेको छ। हामी जनताको सुरक्षाका लागि…
कनकाई, २७ असार । झापाको कनकाई नगरपालिकाका २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनी पुर्जाको प्रमाणपत्र वितरण गर्ने भएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । उहाँले शनिवार प्रधानमन्त्री ओलीको हातबाट कनकाई-३ स्थित सुरुङ्गामा रहेकोे कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वडाका २ सय ८ जनालाई धनीपुर्जा वितरणको सम्पूर्ण तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिनुभयो । २०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे । यसअघि कनकाईका विभिन्न वडाका १सय ६० जनालाई धनीपुर्जा वितरण…
झापा, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका…
मोरङ, २६ असार । मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । असार २५ गते साँझ साढे ६ बजे लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका- १ स्थित गदिया खोला नजिकै रहेको उखुबारी भित्र २६ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ असार । लागुऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको विभिन्न स्थानबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले असार २५ गते साँझ ४ः३० बजे झापा गाउँपालिका–१ सुडुखुट्टुमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला सिंगीमारी पञ्चायत वडा नं. ५ का ६० वर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो । साइकलमा नेपाल प्रवेश गर्दै गरेका साहको ट्रयाकसुटको बायाँ गोजीमा लुकाइ राखिएको ९८.४० ग्राम खैरो लिसाइलो पदार्थ (प्लास्टिकसहित) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्लास्टिक बाहेक उक्त पदार्थको तौल ९३.३० ग्राम रहेको छ। हाल उनलाई पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको छ। त्यसैगरी, असार २६ गते राति १२ः३०…