
झापा, २६ असार । लागुऔषध नियन्त्रण अभियान अन्तर्गत झापाको विभिन्न स्थानबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले असार २५ गते साँझ ४ः३० बजे झापा गाउँपालिका–१ सुडुखुट्टुमा भारतको बिहार राज्य किसनगञ्ज जिल्ला सिंगीमारी पञ्चायत वडा नं. ५ का ६० वर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।
साइकलमा नेपाल प्रवेश गर्दै गरेका साहको ट्रयाकसुटको बायाँ गोजीमा लुकाइ राखिएको ९८.४० ग्राम खैरो लिसाइलो पदार्थ (प्लास्टिकसहित) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्लास्टिक बाहेक उक्त पदार्थको तौल ९३.३० ग्राम रहेको छ। हाल उनलाई पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको छ।
त्यसैगरी, असार २६ गते राति १२ः३० बजे झापा गाउँपालिका–४ सुकुमबासी बस्तीमा सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा लागूऔषध नियन्त्रण काकरभिट्टा टोलीले एक भारतीय व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
कनकाई नगरपालिका वडा नं. १ दुर्गापुरका ३७ वर्षीय पवन ऋषिदेव साइकलमा भारतबाट नेपाल आउँदै गर्दा टायरको ट्युबभित्र लुकाइ ल्याएको १८०.४० ग्राम ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो । प्लास्टिकबाहेक उक्त पदार्थको तौल १६७ ग्राम रहेको छ।


