
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ बैशाख । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् । यो निर्णय कश्मीरको पहलगामनजिकैको रिसोर्टहरू भएको क्षेत्रमा बन्दुकधारीले २६ जनाको हत्या गरेको एक हप्तापछि भएको हो । हत्या हुनेमध्ये धेरै भारतीय पर्यटक थिए । नाम नबताउने सर्तमा कम्तीमा दुईजना प्रहरी अधिकारी र तीन प्रशासनिक अधिकारीले मंगलबार यो निर्णयको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ । समाचारअनुसार सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको छ । तर, यी स्थानहरू कतिको समयसम्म पर्यटकका लागि प्रतिबन्धित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन । गतहप्ता पर्यटकमाथि भएको…
कञ्चनपुर, १७ बैशाख । जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बास बसेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् । जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।
डोटी, १७ बैशाख । डोटीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेट्रो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक…
झापा, १७ बैशाख । इजाजत प्राप्त मेनपावर कम्पनीले वार्षिक कम्तीमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यात्मक प्रावधान हटेको छ। वैदेशिक रोजगार ऐन संशोधन गर्ने क्रममा उक्त प्रावधान अन्य विभिन्न प्रावधान संशोधन भएर आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १९ गते वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि श्रमिक पठाउन नसकेको इजाजतपत्र रद्द गरिने व्यवस्था गरिएको थियो । त्यसको विरुद्धमा मेनपावर व्यवसायीहरूले आन्दोलन गर्नुका साथै हटाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ बाट उक्त प्रावधान संशोधन गरिएको हो । प्रतिनिधिसभाबाट मंगलबार वैदेशिक रोजगार…
झापा, १७ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै…
झापा, १७ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान,…
झापा, १६ बैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ पेस गर्न ७ दिनको म्याद दिएको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो । सर्वोच्चले गगनलाई ‘अवहेलना मुद्दामा किन कारबाही हुनु नपर्ने हो ?’ भन्दै ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ। लिखित जवाफ आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत पनि पठाउन सकिने आदेशमै उल्लेख छ ।
सिरहा, १६ बैशाख । यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुटा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटक-पटक झुटा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका…
‘व्यंग्यनारान पाँडे’आफ्नै जिल्लाको भएकाले, पल्लो बजारबाट देशका धेरै वटामध्ये एउटा ‘कमरेड पार्टी’–का लागि ‘पत्रकार गर्ने’ भातृ संगठनका ‘भाले नेता’–को मालिक्याइँमा छापिने पत्रिका (?)… बरण्डामा ‘पढिदिंदैथें’ म । र, त्यसको एउटा शीर्षक अन्तर्गत पार्टीको ’ओंम जय जगदीश हरे… प्रभु तुम सबके स्वामी’ खाले प्रशस्तिमा पुगेर मभित्र जागेको ‘कुरी–कुरी’–को अनौठो पीडालाई हाँस्तै निको पार्दै पनि थिएँ – त्यै बेला ‘कम्रेट हरिराम’ भनेर चिनिने लबस्तरो बाजे टुप्लुकियो ! हे फसाद ! फेरि त्यसै बखत ‘पत्रकार गरिखाइरहेका’ एक मित्रको फोन आयो । र, उही लर्काेसर्काेमा मैले पढिरहेको सो पाठ फेरि हाँस्तै पढेर उनलाई सुनाएँ । ती पत्रकार मित्रले भने– “ए… त्यो पत्रिकामा त मेरो…
भद्रपुर, १६ बैशाख । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले विक्रम सम्बत् २०८१ (सन् २०२४)का विभिन्न विधाका सम्मान तथा पुरस्कारहरु घोषणा गर्दै यही बैशाख २० गते समर्पण गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह (डब्लु.एच.आर)’ काठमाडौंलाई प्रदान गरिने छ । एक लाख एक हजार एक सय एघारको सो पुरस्कार लगायतका सबै सम्मान र पुरस्कार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हस्तान्तरण गरिने छ । त्यसैगरी, जनही एक लाख एक हजार एकसय एघार राशिकै ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ राजनीतिक बीटको पत्रकारिताबाट करियर शुरु गरेर…