कञ्चनपुर, १७ बैशाख । जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बास बसेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् । जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।
Facebook Comments Box


