
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ बैशाख । कोशी प्रदेशका खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले मानवीय संशासनको विकासमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ । झापाको कनकाई नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा नगरलाई स्थानीय शासनयुक्त बालमैत्री तथा पूर्ण खोप सुनिश्चित नगर घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले त्यस्तो बताउनुभएको हो । “अब बाटो होइन, बाटोमा हिँड्न सक्ने मान्छे बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “मानवीय संशाधनको विकासमा सरकार लाग्नुपर्छ ।” संविधान प्रदत्त सम्पूर्ण अधिकार नागरिकले पाउनुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले हरेक बालबालिकाले पाउनुपर्ने नैसर्गिक अधिकारको प्रत्याभूति सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । “कुनै बालबालिकाले पढ्न लेख्न पाएन भने त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्छ”,…
बितामोड, २६ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । बिहीबारदेखि सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्क प्रालिको सहजीकरणमा तालिम सुरु भएको हो । तालिममा विभिन्न वडाबाट ३५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । लेखनसीपबारे सहजीकरण गरिने कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोशिएसनका अध्यक्ष बसन्त नेपाल, अधिवक्ता कोपिला अधिकारीले तालिमको सहजीकरण गर्ने न्यायिक समिति बिर्तामोडकी उजुरी प्रशासक टिकामाया लामिछानेले जानकारी दिनुभयो । बिर्तामोड नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले लेखनसीप पश्चाप नगरको न्याय सम्पादन थप प्रभावकारी हुने बताउनुभयो…
झापा, २६ बैशाख । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ । ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको…
भारत–पाक तनाव : सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट, १० हजार बढी सशस्त्र प्रहरी परिचालन
झापा, २६ बैशाख । सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ। भारत–पाकिस्तान द्वन्द्वपछि सिमानामा कडाइ गरेको सशस्त्र प्रहरीले यस्तो सक्रियता देखाएको हो। वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरेको एपीएफले जनाएको छ। ती क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय…
झापा, २६ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा…
झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको वन इलाकाको खुड्किलो भन्ने स्थानमा सशस्त्र प्रहरी बलले अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त विकको कमाण्डमा ५ जना, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सोही इलाकामा लुकाई छिपाई राखेको अन्दाजी १२ लाख २५ हजार मूल्य बराबरको ३५० क्यूफिट साल जातको गोलिया काठ बरामद गरेको हो । बरामद काठ आवश्यक कारबाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल…
बिर्तामोड, २५ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष सजितकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा संघको ऐतिहासिक प्रथम महाधिवेशनको खुला सत्र सम्पन्न भएको हो । कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कदर–पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, निर्वाचन समितिका संयोजक गोपाल लामिछाने, वैदेशिक रोजगार व्यवसायी महासंघका केन्द्रय सदस्य कृष्ण ढकाल, संघका झापा सल्लाहकार संयोजक भानुप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय…
झापा, २५ बैशाख । झापा, मोरङ र इलाम जिल्लामा रहेका नेपाल जेसीसका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा रेडक्रसकर्मी एवम् हल्दीबारी डट कमका प्रधान सम्पादक नेत्रविक्रम बिमलीलाई कदरपत्रद्वारा सम्मान गरिएको छ। झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जीवन रक्षाको महान अभियानमा प्रेरणाको स्रोत बनेको भन्दै सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश सांसद क्षेत्र नम्बर १ ुकु का माननीय गोपाल तामाङ, नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकाल, नेपाल जेसिसका २०२५ राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइराला तथा कार्यक्रम संयोजक चाराली…
झापा, २५ बैशाख । विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ओछ्यानमै थलिएका झापाको मेचीनगर १२ स्थित सहरेडाँगी सरस्वती टोलका प्रेम बर्देवालाई आर्थिक सहयोग गरिएको छ । बिर्तामोड ५ स्थित पाथिभरा टोल सुधार संस्थाको जीवनविज्ञान जीवन योग प्रयोगशालाले प्रथम वार्षिक उत्सवको अवसर पारेर आज बर्देवाको घरमै पुगेर आर्थिक सहयोग गरेको हो। पाथिभरा टोलका जेष्ठ नागरिक अध्यक्ष भवानीप्रसाद चिमरियाले बर्देवाकी श्रीमती सम्झना बर्देवालाई नगद १३ हजार हस्तान्तरण गरेका छन्। पाथिभरा टोलका अध्यक्ष नारायणप्रसाद चिमरियाको नेतृत्वमा गएको टोलीले सहयोग प्रदान गरेको हो। विगत केही वर्षदेखि चिमरियाले आफ्नो वैवाहिक वर्ष गाँठ सहित विभिन्न कार्यक्रममा खाद्यान्न नगद लगायतका सहयोग बर्देवालाई गर्दै आइरहेका छन् ।…
काठमाडौँ, २५ वैशाख। नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराएको हो । उनका अनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् । ‘‘कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । यानकी प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्दछ । आर्थिक वर्ष २०८०–०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम यानकी ०.९२ प्रतिशत रहेको छ…