
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्रकला भण्डारीझापा, २२ वैशाख । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् । कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रूपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती…
टक्सार (भोजपुर), २२ वैशाख । धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । आज बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा…
ओखलढुङ्गा, २२ वैशाख । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा कैलाली जिल्लाको साबिक हसुलिया गाविसका ३० वर्षिय बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरी सिग्माकोण प्रालि। काठमाडौँका कर्मचारी हुनुहुन्छ । सिग्माकोण प्रा।लीले ठेक्कामार्फत ट्रान्सफर्मर जडान गरेको थियो । घटनाबारे जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
झापा,२२ वैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको भद्रपुर नगरपालिका–४ झापा चोकमा चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्र.१.०१.०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका(–२ बस्ने ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली, भजनी नगरपालिका–७ चर्रा गणेशमान चोकस्थित सडकमा युपि ३१ एयु ७३२० नम्बरको मोटरसाइकललाई बिएब ४५९२ नम्बरको स्कारपियोले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने…
झापा, २२ बैशाख । झापाको कनकाई नगरपालिकाबाट हवाई फायर गरेर प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । झापाको कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतिबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी दुई सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त भारतीय नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले आज बिहान अन्दाजी ८ः४० बजे रोक्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्न खोज्दा ३०३ नम्बर राइफलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताउनुभयो…
बिर्तामोड, २२ बैशाख । झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ । प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो । सोही कार्यक्रमका बीच नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रेस काउन्सिलका निवर्तमान सञ्चालक सदस्य गणेश पोखरेल, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, प्राइम मिडिया प्रालिका अध्यक्ष निर्मल खत्री, नयाँ पेपरका प्रधान सम्पादक रमेश तिवारीले संयुक्त रुपमा टेबल…
झापा, २२ बैशाख । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१–८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत रु ६९ करोड छ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय…
भद्रपुर, २२ बैशाख । झापाको भद्रपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । गएराति ९ः३० बजे मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर–२ का ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो । स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको…
झापा, २२ बैशाख । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट सर्पको विषलाई निष्क्रिय पार्ने औषधि (एन्टिभेनम) तयार गर्ने दाबी गरेको छ । यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् । अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ । जनावरहरूमा…
कञ्चनपुर, २२ बैशाख । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताउनुभयो ।रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।