jhapaonline add

झापा, ३ असार । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कनकाई नगरपालिका–४ का ३३ वर्षीय सञ्जित सिवा दर्जीलाई ब्राउनसुगर २१ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बाट दमक–१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप…

Read More

झापा, ३ असार । झापाको मेचीनगरबाट प्रहरीले तीन सय केजी माछा बरामद गरेको छ । आज बिहान मेचीनगर–५ नकलबन्दाबाट प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको माछा बरामद गरेको हो । करिब एक लाख मूल्य बराबरको उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

Read More

बनियानी, ३ असार । झापाको कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमाथि गम्भीर प्रश्न उठेको छ । स्वास्थ्य केन्द्रमा सञ्चालित सर्पदंश उपचार केन्द्र पाँचौँ वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको व्यवस्थापनको विषयमा प्रश्न उठेको हो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य केन्द्रको व्यवस्थापनको विषयमा प्रश्न उठाउनु भएको हो । “नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन ? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन् ?”, कार्यक्रममा मन्तव्यका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउँदा–जाँदा नागरिकका पीडा सुनिरहेको छु । हामी जनप्रतिनिधिले जनताको करबाट तलब खाइरहेका छौं भने हामीले पनि हाम्रो जिम्मेवारीको गम्भीर समीक्षा गर्नुपर्छ ।” प्राथमिक स्वास्थ्य केन्द्रप्रति…

Read More

जुम्ला, ३ असार । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् । गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उक्त दुर्घटनामा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले बताउनुभयो ।घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

Read More

नविन उप्रेतीहामी अहिले‌ एउटा गम्भीर‌ मानसिकताको‌ सिकार‌ भएका छौ‌ँ ‘जनप्रतिनिधि भने‌को‌ सवेर्‌सर्वा हुन्’, ‘उनीहरु बिना गाउँको‌ कार्यक्रम अपूर‌ो‌ हुन्छ’ भन्ने‌ सो‌च । चाहे‌ गाउँको‌ सामुदायिक भवन उद्घाटन हो‌स्, घर‌को‌ पूजा, पुर‌ाण, बालविवाह र‌ो‌कथामका सल्लाह वा एक टो‌लको‌ सामान्य भे‌टघाटसम्म सबै‌ ठाउँमा जनप्रतिनिधिको‌ उपस्थिति अनिवार्यजस्तो‌ बनाइएको‌ छ । उनीहरू नपुगे‌ कार्यक्रम नै‌ अधुर‌ो‌ ठहरि‌न्छ, तस्विर‌ खिचिँदै‌न, मञ्च सञ्चालन हुँदै‌न । तर‌ अब हामीले‌ गम्भीर‌ भएर‌ सो‌च्नुपर्छ के‌ जनप्रतिनिधिहरूको‌ मुख्य दायित्व यिनै‌ क्रियाकलापमा सहभागिता जनाउनु हो‌ ? के‌ उनीहरू जनताको‌ कामभन्दा बढी भो‌ज, पिकनिक, रि‌बन काट्ने‌ धन्दामा व्यस्त हुनु उपयुक्त हो‌ ? संविधानले‌ तीन तहको‌ सर‌कार‌को‌ व्यबस्था गर‌े‌को‌ छ स्थानीय, प्रदे‌श र‌ संघीय सर‌कार‌ । तिनै‌…

Read More

शिवसताक्षी, ३ असार । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सिर्जना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा छलफल गरिएको थियो । संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन् । तालिम प्राप्त व्यक्तिहरुका उत्पादनहरुलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका…

Read More

झापा, ३ असार । नेकपा एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग उत्पन्न भएको छ । एमालेको विधानमा कुनै पनि तहको नेतृत्वका लागि उमेर हद र लगातार दुई कार्यकालपछि तेस्रोपटक दोहोरिन नपाउने प्रावधान छ । तर, २०८० जेठको पहिलो साता केन्द्रीय समितिको बैठक राखेर एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था तत्कालका लागि निलम्बन गरेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्केका मुकुन्द न्यौपाने लगायतका नेतालाई सहज बनाउन उमेर हदको व्यवस्था निलम्बन गरिएको नेताहरूको भनाइ थियो। तर, त्यसको दुई वर्ष नाघिसक्दा पनि सो प्रावधान फुकुवा गरिएको छैन । उमेर हद र दुई कार्यकाल सम्बन्धी दुवै प्रस्ताव अध्यक्ष…

Read More

झापा, ३ असार । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर…

Read More

झापा, ३ असार । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो । चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्यव्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्नसक्ने अवस्था, भण्डारण क्षमता लगायत विषयमा छलफल भएको कृषिमन्त्रीका प्रेस सल्लाहकार प्रवीण पोखरेलले जानकारी दिनुभयो । हाल खाद्यव्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल…

Read More

झापा, ३ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशको केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपात हुने सम्भावना छ । आज राति कोसी प्रदेश, बागमती प्रदेश,…

Read More