झापा, ३ असार । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कनकाई नगरपालिका–४ का ३३ वर्षीय सञ्जित सिवा दर्जीलाई ब्राउनसुगर २१ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बाट दमक–१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप महानगगरपालिका–२ का ३० वर्षीय पंकज खत्रीलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ११ मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।


