
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको…
झापा, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवार थिए ।
झापा, १२ असार । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग पुनःसञ्चालनमा ल्याइने भएका हुन् । नेपाल चिया उत्पादक सङ्घले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । “चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई सङ्घले सकारात्मक रुपमा लिएको…
झापा, १२ असार । भेनेजुएलाको राजधानी काराकास आसपास बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी घाइते भएका छन्। सरकारले यो सन् १९०० यताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको जनाएको छ। भूकम्पका कारण राजधानी तथा तटीय राज्य ला गुएरामा धेरै भवन ध्वस्त भएका छन् र उद्धारकार्य जारी छ। उपकरण र जनशक्तिको अभावका कारण खोज तथा उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्। फ्रान्स, स्पेन, अमेरिका लगायतका देशहरूले उद्धार टोली र मानवीय सहायता पठाउने घोषणा गरेका छन्। क्षतिको अवस्था हेर्दा मृतक सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
झापा, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने…
भद्रपुर, ११ असार । नेपाल चिया उत्पादक संघले चिया उद्योगहरू पुनः सञ्चालन गर्ने तथा यसअघि घोषणा गरिएका बन्दका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर ९एसओपी० का कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएपछि चिया उद्योग गम्भीर संकटमा परेको उल्लेख गरेको छ। यस विषयमा सरकारको ध्यानाकर्षण गराउन उद्योगीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। संघका अनुसार चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न नेपाल सरकारले विशेष कार्यदल गठन गरेको छ। साथै, चिया किसान र उद्योगीका समस्याबारे छलफल तथा समाधानका लागि सरकारले सकारात्मक पहल थालेको…
झापा, ११ असार । वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ। पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ। यो जिल्लाको कूल भूभागको ११।२४ प्रतिशत हो । वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ । आन्तरिक बसाइँसराइका कारण…
झापा, ११ असार । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवा खोला पुल नजिक आज साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी बोकेको ट्रिफरले पैदलयात्री बिर्तामोड–३ निवासी किशोर चापागाईंकी १० वर्षीया छोरी अनुकृति चापागाईंलाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी अनुकृतिलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको भए पनि चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रिफर…
अर्जुनधारा, ११ असार । झापाको अर्जुनधारा नगरपालिकाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान र पुरस्कृत गरेको छ । नगरपालिकाको सभाहालमा आज आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान र पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, विशिष्ठ अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरूलाई सम्मानित एवं पुरस्कृत गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक सत्र २०८१ तथा २०८२ मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको छ । २०८२ सालको कक्षा-८ मा ३.८८ जीपिए ल्याउने सिंहदेवी माविका ओमविक्रम न्यौपाने र लक्ष्मी माविका हृदयेन्द्र किरण नेपाललाई सम्मान गरिएको छ। त्यसैगरी, २०८१ सालको एसइइ…
झापा, ११ असार । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार परिवर्तित वतन जिल्ला ०४-४-१६ (ग) स्थित खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा पीडित युवती (K.1) ले आफ्नै बुवाले जबर्जस्ती करणी गरी बच्चा जन्माएको र बुवाकै सल्लाहमा नवजात शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्। उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजतलास गर्दा प्रतिवादी फरार रहेका थिए। प्रहरीको प्राविधिक अनुसन्धान तथा…