jhapaonline add

झापा, १७ बैशाख । नेपाल रेडको सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला भरिका विभिन्न अस्पतालका डाक्टरहरू नर्स र रक्त सञ्चारसँग आबद्ध सरोकार वालाहरूको उपस्थिति रहेको थियो । केन्द्रीय रक्तशञ्जा सेवा केन्द्रका इन्चार्ज एवं क्वालिटी म्यानेजर संजीव कुमार यादवले रगतको व्यवस्थापन रक्त तत्त्वहरूको आवश्यकता सहजीकरण सम्बन्धमा कार्यक्रममा जानकारी दिनुभएको थियो । नेपालमा दिनदिनै बढ्दै गएको रगत आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर एवं नर्सहरुले राखेको प्रश्नको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज…

Read More

सरोज भट्टराईशिवसताक्षी, १७ बैशाख । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ का चालु आर्थिक वर्षका योजनाहरु अन्तिम चरणमा रहेका छन् । वडाको शिलिङ बजेटबाट भएका सडक, भौतिक पूर्वाधार, सामाजिक विकास तर्फबाट कामहरु अन्तिम चरणमा पुगेका हुन् । चालु वर्षमा नगरपालिकाबाट विनियोजित ६० लाख बराबरको विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । वडा नं. ९ मा हाल १५ सय मिटर सडक कालोपत्रेको तयारी रहेको वडाध्यक्ष डिल्ली फेम्बूले जानकारी दिए । यलम्बर चौक दक्षिण ३१० मिटर सडक वडाबाट विनियोजि २० लाखको लागतमा निर्माणको चरणमा रहेको छ । त्यस्तै, संगमचौकदेखि दक्षिण आइतबारे जाने सडक २०० मिटर कालो पत्रे गर्ने तयारी र नगरको रिङ्गरोड…

Read More

विराटनगर, १७ बैशाख । विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात् नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १७ बैशाख । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको थियो । बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–१० अन्दाजि ६८ बर्षिय टंकप्रसाद बराल गम्भिर घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुग्ना साथ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको छन् । शव सोही अस्पतालमा रहेको र ट्रक चालक पाँचथरको फिदिम…

Read More

कनकाई, १७ बैशाख । झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो । कवर्ड हलको शिलान्यास गर्नुहुँदै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा सुविधा सम्पन्न कवर्ड हल आवश्यक रहेको बताउनुभयो । “खेलकुदका लागि खेल मैदान भए पनि पर्याप्त कवर्ड हल छैन”, उहाँले भन्नुभयो, “राष्ट्रिय र अन्तर्राष्टियस्तरको कुनै खेल खेलाउनु पर्दा हामीसँग पूर्वाधार छैन ।” खेलकुदसँग सम्बन्धित थप पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायसँग पहल भइरहेको उहाँले बताउनुभयो । कनकाई खेलकुद विकास…

Read More

बिर्तामोड, १७ बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्ने भएको छ । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले यही बैशाख २० गते झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट नागरिक सम्मान समर्पण कार्यक्रमबारे जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले योग्यभन्दा योग्य व्यक्ति छनोट गरेर नागरिक सम्मान समर्पण गर्न लागेको बताउनुभयो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो…

Read More

शिवसताक्षी,१७ बैशाख । झापाको शिवसताक्षीबाट दुई जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । शिवसताक्षी वडा नं. ११ स्थित दुधे बजारबाट आज वेवारिसे दुई जना सडक मानवलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मावन सेवा आश्रम काँकरभिटा पठाएको हो । दूधे बजारमा गएको तीन दिनदेखि बस्दै आएका भारतीय मुलका एक जना युवक र गएको एक महिनादेखि दूधेको पश्चिम बस स्टेण्डमा बस्दै आएकी एक युवतीलाई शिवसताक्षी नगरपालिकाल, वडा ११ को कार्यालय र इलाका प्रहरी कार्यालय झिलभिलेको सहयोगमा मानव सेवा आश्रम काँकरभिट्टा पठाइएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । शिवसताक्षीको दूधेबजारबाट दुई वेवरिसे मानवलाई शिवसताक्षी नगरपालिकाको गाडीमा आश्रममा पठाइएको थियो…

Read More

सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा ‘च्याप्टर एक’ उल्लेख गरिएको छ । अर्थात् फिल्मको दोस्रो भाग पनि निर्माण हुनेछ । ‘शिवांश’को अर्थ भगवान् शिवको एक अंश भन्ने हुन्छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा चित्रित छन् । उनको अनुहारको आधा भाग मात्र देखाइएको छ । पोस्टरमा अर्का एक पुरुष पात्रलाई अग्लो स्थानबाट घना बस्तीतिर हेर्दै गरेको देख्न सकिन्छ । र, उनको अगाडि आगोको चक्र छ । यसले शक्ति संघर्षको कथामा फिल्म आधारित रहेको…

Read More

१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।…

Read More

झापा, १७ वैशाख। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।

Read More