झापा, १७ बैशाख । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–१० अन्दाजि ६८ बर्षिय टंकप्रसाद बराल गम्भिर घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुग्ना साथ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको छन् ।
शव सोही अस्पतालमा रहेको र ट्रक चालक पाँचथरको फिदिम नगरपालिका–११ अन्दाजी ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


