
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २४ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन…
झापा, २४ बैशाख । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ ।
झापा, २४ बैशाख । भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ । तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ । ठूला विस्फोटको आवाजले आफुहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन् । भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ । भारतले…
झापा, २४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको पनि…
बिर्तामोड, २३ बैशाख । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बेलुका बिर्तामोड-८ नारायण कृष्ण टोल स्थित कबिता रिमालको घरमा कोठा भाडा गरी बस्दै आएका मानिसहरुले अबैध रुपमा लागु औषध कारोबार गरिरहेको छ भन्ने सुचनाको आधारमा कचनकवल गाउँपालिका-७ का २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी चौकी गरामुनीबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा उक्त घरको भुई तल्लामा कोठा भाडा गरी बस्दै आएका उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा सुत्ने बिस्ताराको सिरानी मुनी भित्र १२ (बाह्र) थान हरियो र रातो प्लाष्टिकको पोका भित्र लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने…
झापा, २३ बैशाख । अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइसकेको पनि एसपी बोहराले बताए । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५०…
शिवसताक्षी, २३ बैशाख । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने भएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित यही जेष्ठ १० गते उभौली साकेला पर्व मनाइने भएको हो । आज शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिले शिवसताक्षीको झिलझिलेमा उभौली पर्व मनाउने जानकारी गराएको हो । उभौली पर्व विगत वर्षहरु भन्दा फरक ढंगबाट मनाइने किराँत राई यायोख्या शिवसताक्षीका सचिव मिलन राईले जानकारी दिए । उभौली पर्व नगर स्तरीय कार्यक्रम भएपनि झापामा रहेका किराँत राई समुदाय र अन्य समुदायहरुलाई कार्यक्रममा उपस्थित गराइने भएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई…
झापा, २३ बैशाख । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्येष्टि गरिनेछ । यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा ९एमाले०भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो । राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गर्नुभएका उहाँ नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित हुनुहुन्थ्यो…
कचनकवल, २३ बैशाख । कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि लक्षित गाउँटोलस्तरीय ‘लागुऔषधविरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन वडा नं. ६ स्थित सिंगीमारीको दुर्गा मन्दिर भवनमा सम्पन्न भएको छ । कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले समाजमा लागुपदार्थ दुर्व्यसनको समस्या भयावह बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा अभिभावकको डरले सन्तान सम्हालिन्थे, तर आज बाउ–आमाले आफ्नै छोराछोरीबाट डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।” उपाध्यक्ष भट्टराईले लागुपदार्थको कुलतबाट समाजलाई जोगाउन समुदायका आमाहरू सशक्त र जागरूक हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “आमाले नै छोराछोरीको सबै गतिविधि नजिकबाट नियाल्न सक्छन्, त्यसैले यो अभियान आमा लक्षित गरिएको…
शिवसताक्षी, २३ बैशाख । झापाको शिवसताक्षी न.पा. १ स्थित शुक्रबारे बजारकी ४१ वर्षीय सुशिला राजवंशीको उपचार खर्च अभावमा छटपटाइ रहेकी छिन् । विगत पाँच वर्ष यता पेटको ५ औं पल्टको अपरेशन गरिसकेकी राजवंशी अहिले उपचार खर्च अभावमा समस्यामा परेकी छिन् । पाँच वर्ष अगाडी पित्त थैलीमा समस्या भई विर्तासिटी अस्पताल विर्तामोडमा भर्ना भएकी थिइन । विर्तासिटी अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो । त्यस पछि हर्निया र आन्द्रामा समस्या आई त्यसको पनि अपरेशन गरियो…