बिर्तामोड, २३ बैशाख । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज बेलुका बिर्तामोड-८ नारायण कृष्ण टोल स्थित कबिता रिमालको घरमा कोठा भाडा गरी बस्दै आएका मानिसहरुले अबैध रुपमा लागु औषध कारोबार गरिरहेको छ भन्ने सुचनाको आधारमा कचनकवल गाउँपालिका-७ का २६ वर्षीय खड्गसिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई प्रहरीले पक्राउ गरेको हो।
अस्थायी प्रहरी चौकी गरामुनीबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा उक्त घरको भुई तल्लामा कोठा भाडा गरी बस्दै आएका उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा सुत्ने बिस्ताराको सिरानी मुनी भित्र १२ (बाह्र) थान हरियो र रातो प्लाष्टिकको पोका भित्र लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी उक्त लागुऔषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ६ (छ) ग्राम ३२० (तीन सय बिस) मिलिग्राम र प्लाष्टिक बाहेक ३ (तीन) ग्राम २२० ( दुई सय बिस ) मिलिग्राम फेला पारेको हो।
उनीहरु दुबैलाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


