jhapaonline add

बुद्धशान्ति, १६ असार । झापाको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति पदेन सदस्य अनिल वाग्लेको विशेष पहलमा वडा नं. १ का सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ र परिणाममुखी कार्यक्रमहरू लागू गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सर्वसम्मत निर्णयपछि विद्यालयहरूले विद्यार्थीको सिकाइ, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाएका हुन् । यस अभियान अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालय, होक्सेले प्रत्येक महिनाको अन्तिम सातामा मासिक परीक्षा सञ्चालन गर्ने, उत्कृष्ट विद्यार्थीलाई ‘स्टुडेण्ट अफ द मन्थ’ घोषणा गरी सम्मान गर्ने लगायतका कार्यक्रम सुरु गरिसकेको छ। विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका…

Read More

झापा, १५ असार । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ आजविभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ…

Read More

झापा, १५ असार । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ । भारततर्फबाट छावा ९हात्तीका बच्चा०सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको…

Read More

झापा, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्नुभएको छ । सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, “पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।” आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी…

Read More

निशान निरौलाकाँकरभिट्टा, १५ झापा । झापाको पूर्वी नाका काँकरभिट्टामा सडक सुरक्षा र यात्रीको सुरक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ एक विशेष कार्यक्रम सम्पन्न भएको छ। मेची नेत्रालयको १९औँ वार्षिकोत्सवको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र काँकरभिट्टा ट्राफिक पोस्टको आयोजना तथा अस्पतालको सहकार्यमा स्थानीय सिटी सफारी चालकहरूलाई फ्लोरेसेन्ट (चमकिलो) ड्रेस र सुरक्षाकर्मीहरूलाई सनग्लास वितरण गरिएको हो । अस्पतालले आफ्नो स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकको सेवा र सुरक्षासँग जोडेर मनाएको छ । मेची नेत्रालयका म्यानेजर जय प्रकाश पोखरेल ूज्याकू ले अस्पतालले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा समाजसँग प्रत्यक्षरूपमा जोडिने र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिने उद्देश्यले…

Read More

बिर्तामोड, १५ असार । झापाको बिर्तामोड-५ स्थित कनकाई हस्पिटल २१औँ वर्षमा प्रवेश गरेको छ। दुई दशकको सेवा यात्रामा अस्पतालले लाखौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। विगत २० वर्षमा ३ करोड ६५ लाख ६६ हजार ६७० जनाले ओपिडी सेवा लिएका छन् भने ३ करोड ४७ लाख ४९ हजार ४४० वटा प्रयोगशाला (ल्याब) सेवा लिएका छन् । यस अवधिमा २ लाख ५८ हजार ५५५ जनाले आकस्मिक सेवा, ३ लाख ३ हजार २४६ जनाले फिजियोथेरापी सेवा लिएका छन्। त्यस्तै, ५९ हजार १९९ वटा मेजर र ५५ हजार ७६७ वटा माइनर शल्यक्रिया सेवा लिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष…

Read More

झापा, १४ असार । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त…

Read More

झापा, १४ असार । झापाको बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार असार १३ गते राति करिब ९ बजे सांकेतिक नाम ‘५९ अनारमनी ०८२–०८३’ दिइएकी १८ वर्षीया किशोरीमाथि बिगेन्द्र भन्ने व्यक्तिले जबर्जस्ती करणी गरी फरार भएको आरोप छ । घटनापछि पीडितले सोही राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर मौखिक जानकारी गराएकी थिइन् । प्रहरीले पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । त्यसपछि असार १४ गते बिहान करिब ३ बजे पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना…

Read More

झापा, १४ असार । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा,…

Read More

झापा, १४ असार । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन। बराबरीका बाबजुद दुवै टोली यसअघि नै अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए। खेलको अन्तिम समयमा कोलोम्बियाका डेभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको पासमा हेडमार्फत गोल गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले सूक्ष्म समीक्षा गरेपछि उक्त गोल अफसाइड ठहर गर्दै रद्द गरिदियो, जसका कारण कोलोम्बिया जितबाट वञ्चित भयो। दोस्रो हाफमा कोलोम्बियाका लुइस सुआरेजले गोल गर्ने दुई उत्कृष्ट अवसर पाए पनि…

Read More