
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत…
शिवसताक्षी, ६ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडले शिवसताक्षी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको झिलझिले शाखाको आयोजनामा शुक्रबार लालझोडा स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बैंकिङ प्रणालीबारे आधारभूत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बैंकमा खाता खोल्ने प्रक्रिया, बचतको महत्व, बैंक तथा वित्तीय संस्थाको भूमिका, सेवा उपयोग गर्ने तरिका तथा त्यससँग सम्बन्धित चुनौतीहरूबारे जानकारी दिइएको प्राइम बैंक झिलझिले शाखा प्रमुख दिनेश लुईटेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले डिजिटल बैंकिङ, एटीएम, मोबाइल बैंकिङ तथा अनलाइन भुक्तानी प्रणालीको प्रयोगबारे पनि व्यवहारिक जानकारी पाएका थिए…
बिर्तामोड, ६ चैत । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दैछन् । यो ब्रत उक्त समुदायको लागि अनिवार्यजस्तै हो । ३० दिनको ब्रत पूरा गरेको भोलिपल्ट ‘इदअलफित्र’ मनाएर यो पर्व समापन गरिन्छ । सोही अनुसार इश्लाम समुदायले आज ३०औं दिनको रोजा बसिरहेका छन् । बालक, बृद्ध, अशक्त एवम् बिरामीहरुका लागि अनिवार्य नगरिने तर बयस्कहरुका लागि रोजा अनिवार्यजस्तै रहेको ईश्लाम समुदायका अगुवा हाजी डा. ताहिर हुसैन मिकरानीको भनाई छ । रोजा ब्रतकै शिलशिलामा कुराकानी हुँदा उहाँले यो पटक बिर्ताबजारमा बसोबास रहेका ८ वर्षको एक बालकले ३० दिनको रोजा पूरा गरेको रोचक जानकारी दिनुभएको छ । स्थानीय ग्लोरी…
झापा, ६ चैत । झापाको कमल गाउँपालिका–५ सितापुरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडी चालकको मृत्यु भएको छ । बिहीबार साँझ करिब ६ः३० बजे बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.न. १–०४–००१च.००८० नम्बरको स्कारपियो गाडीका चालक मोरङ शनिश्चरे नगरपालिका–९ का ४५ वर्षीय योगेश धिमाल अचानक असहज भई गाडी सडक किनारमा रोकेर बेहोस भएका थिए । सोही गाडीमा सवार यात्रुहरूले बोलाउँदा प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएको थियो । तर, उपचारको क्रममा साँझ ८ बजे अस्पतालमै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय दमकबाट अधिकृतको टोली खटिएको थियो ।…
झापा, ६ चैत । काठमाडौँ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन,…
झापा, ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ । आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ । उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी सभापति…
झापा, ५ चैत । निर्वाचन आयोगले हालै सम्पन्न निर्वाचन व्यवस्थापनमा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै करिब ३ अर्ब ३२ करोड रुपैयाँ बचत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि सरकारसँग ७ अर्ब ८१ करोड रुपैयाँ माग भए पनि ३ अर्ब ५४ करोड रुपैयाँ मात्र खर्च गरिएको हो। यसबाट राज्यकोषमा ठूलो रकम बचत भएको आयोगले जनाएको छ। आयोगले यसपटक ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री स्थानीय स्तरमै खरिद गर्ने नीति अपनाएको थियो। यसले ढुवानी खर्च घटाउनुका साथै अनावश्यक केन्द्रिकृत खरिद प्रक्रियालाई निरुत्साहित गरेको आयोगको भनाइ छ। सरकारी संस्थासँग सहकार्य गरी सामग्री खरिद तथा ढुवानीमा विशेष सहुलियत प्राप्त…
झापा, ५ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार देशका विभिन्न भागमा भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले भोलि (शुक्रवार) र पर्सि (शनिबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, शुक्रवार नै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ । विभागले शनिवारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा…
भद्रपुर, ५ भदौ । भद्रपुर-७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको पहिचानमा जुटिरहेका छन् । नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्र छात्राहरूले परियोजना कार्य अन्र्तगत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक अवस्था र रोगको संक्रमण बारेमा अनुसन्धान गरिरहेका हुन् । छात्राहरूले यस पटक हल्दिवारी ३ लाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन सार्वजनिक गर्दै दिएको जानकारी अनुसार नसर्ने रोगको प्रकोप निकै उच्च देखिएको छ । नमुना छनौट विधि अपनाएर ५ सय जना स्थानीयको अध्ययन गर्दा उच्च रक्तचाप, क्यान्सर, मधुमेहका रोगी ६० प्रतिशतभन्दामाथि भेटिएको छ भने सरूवा रोग ४० प्रतिशतमुनि देखिएको छ…
झापा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ चिया बगान क्षेत्रमा प्रहरीले भन्सार छलेर ल्याइएको सामानसहित दुई टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरुलाई शंका लागेर चेकजाँच गर्दा पर्दा, साडी, कुर्था सुरुवाल, ढाका लगायतका विभिन्न किसिमका कपडा बरामद गरिएको थियो । बरामद गरिएको सामानको मूल्य करिब पाँच लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाको अनुमान छ । प्रहरीले मे १ ह ६३५५ नम्बरको टेम्पो र त्यसका चालक मेचीनगर–७ का ४० वर्षीय सुविन्द्र जोगी र मे १ ह ७२९४ नम्बरको टेम्पो र चालक भोजपुर हतुवागडी गाउँपालिका–५ घर भई हाल…