
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्र बस्नेतकनकाई, ४ चैत्र । झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यका साथ शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत १७ गते आईतबार देखि चैत २५ गते सोमबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन…
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ बाट प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाण्डौ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ कल्बमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । उनले भने, ‘यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।’ प्रेमकुमार श्रेष्ठ कप्तान सुब्बाको धर्मपिताका रूपमा परिचित…
काठमाडौँ, ४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो । आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७ हजार पाँच सय ८५ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा वित्त समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १८, लगानी शून्य दशमलव १८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ, भने अरू…
काठमाडौँ, ४ चैत । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरूको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरूले सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सांसद डा। चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताउनुभयो । उहाँले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गर्नुभयो । सांसद दीपकबहादुर सिंहले…
काठमाण्डौ, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए । यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार…
भोजपुर, ४ चैत । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँले बताउनुभयो…
बिराटनगर, ४ चैत्र । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो । मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग…
मोरङ, ४ चैत । मोरङ विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोइन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ वर्षीय उत्तम याख्खा, सुन्दरहरैंचा नगरपालिका–५ का ४५ वर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आवमा आफ्ना शेयर सदस्यलाई ५५ लाख रुपैयाँभन्दा बढी रकम सहयोग वितरण गरेको छ । संस्थाले स्वास्थ्य उपचार, अप्रेशन, प्राणघातक रोग खर्चसहित कर्जा मिनाह लगायतको शीर्षकमा ४ सय बढी शेयर सदस्यलाई चालु आवको साउनदेखि माघ मसान्त सम्ममा ५५ लाख रुपैयाँ बढी उपलब्ध गराएको हो । शेयर सदस्यको उपचारका लागि र मृत्यु भएको खण्डमा प्रदान गर्ने राहत रकम, कर्जा मिनाह सहितका अन्य वितरण कार्यलाई निरन्तरता दिँदै गएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । झापा, मोरङ, पाँचथर र इलाम जिल्लाका ४६ वटा सेवा केन्द्र…
भद्रपुर, ४ चैत । जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा ७१ जना फरार प्रतिवदी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी घोषित भई फरार रहेका ७१ जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादी ३२ वर्ष ११ महिना २१ दिन कैद तोकिएको छ भने उनीहरुबाट ३३ लाख १५ हजार ७ सय ७ रुपैयाँ जरिवानासमेत असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।