भद्रपुर, ४ चैत । जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा ७१ जना फरार प्रतिवदी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी घोषित भई फरार रहेका ७१ जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादी ३२ वर्ष ११ महिना २१ दिन कैद तोकिएको छ भने उनीहरुबाट ३३ लाख १५ हजार ७ सय ७ रुपैयाँ जरिवानासमेत असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


