बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आवमा आफ्ना शेयर सदस्यलाई ५५ लाख रुपैयाँभन्दा बढी रकम सहयोग वितरण गरेको छ ।
संस्थाले स्वास्थ्य उपचार, अप्रेशन, प्राणघातक रोग खर्चसहित कर्जा मिनाह लगायतको शीर्षकमा ४ सय बढी शेयर सदस्यलाई चालु आवको साउनदेखि माघ मसान्त सम्ममा ५५ लाख रुपैयाँ बढी उपलब्ध गराएको हो । शेयर सदस्यको उपचारका लागि र मृत्यु भएको खण्डमा प्रदान गर्ने राहत रकम, कर्जा मिनाह सहितका अन्य वितरण कार्यलाई निरन्तरता दिँदै गएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
झापा, मोरङ, पाँचथर र इलाम जिल्लाका ४६ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसको हाल ६७ हजार ४ सय ८० शेयर सदस्य रहेको अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले संस्थाको नियमानुसार सदस्यलाई सेवा उपलब्ध गराउँदै आएको बताए ।


