
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ चैत । केलियन एमबाप्पेको दुई गोल सहयोगमा भिल्लारियललाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ को साँघुरो जित हासिल गरेको हो। खेलको सातौँ मिनेटमै जुआन फोइथको गोलमा रियल खेलमा १–० ले पछि परेको थियो। तर त्यसको १० मिनेटपछि रियलले गोल फर्काउँदै खेलमा पुनरागमन गरेको थियो। खेलको १७औँ मिनेटमा एमबाप्पेको गोलमा रियल बराबरीमा आएको थियो। २३औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाए। जितसँगै २८ खेलबाट ६० अंक बनाएको रियल शीर्ष स्थानमा छ। २६ खेलबाट ५७ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ। रियलसँग पराजित भिल्लारियल…
झापा, ३ चैत । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ । विभागले गत साउनमा…
झापा, ३ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा…
झापा, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार…
काँकरभिट्टा, २ चैत । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च व्वाइजले झापा कप पछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले…
झापा, २९ फागुन । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । बुधबार साँझ जामुनबारीबाट सुरुङ्गा तर्फ जाँदै गरेको साइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८०९१ नं. को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकल यात्री कनकाई–२ का १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए । दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा सबिन तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । अर्को घाइते सलिन कार्की सामान्य…
झापा, २९ फागुन । मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । फागुन २८ गते विराटनगर महानगरपालिका–५ स्थितमा लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप महानगरपालिका–८ का २३ वर्षीय कुविर राई र २१ वर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरी धरान उप महानगरपालिका–१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई…
झापा, २९ फागुन । रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ । आपसी सद्भाव एवम् सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीका अवसरमा आज काठमाण्डौ लगायत देशका विभिन्न शहरमा होली कार्यक्रमको आयोजना गरिएको छ । केही वर्षदेखि होली खेल्ने परम्परा सभ्य पनि बन्दै गएको छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।…
झापा, २९ फागुन । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भन्नुभयो, “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन÷चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।” बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती…
भद्रपुर, २८ फागुन । झापाको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको हो । हिजो र आज गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, अस्वस्थकर रङ मिसाइएको मिठाइलगायतका खानेकुरा, म्याद गुज्रिएका केही ड्राइ फुडहरु फेला परेको अनुगमन समितिका फोकल पर्सन सुशील कर्णले जानकारी दिए । यसपटक किराना पसल र होटलहरुमा अनुगमन गरिएको थियो । यसपटक भद्रपुरको भाञ्जा खाजा घर, निकिता चिया पसल, मुस्कान स्विट्स एण्ड फुड, ओम जगदीश हरे गंगा किराना पसल, मनिषा किराना पसल, तिम्सिना स्टोर्स, होम ट्रेडर्स, स्वारेजगार स्टोर, ध्रुव किराना…