झापा, २९ फागुन । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ ।
बुधबार साँझ जामुनबारीबाट सुरुङ्गा तर्फ जाँदै गरेको साइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८०९१ नं. को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकल यात्री कनकाई–२ का १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए ।
दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा सबिन तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । अर्को घाइते सलिन कार्की सामान्य रहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


