jhapaonline add

झापा, २१ बैशाख । मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै गएको कारण अब पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। आज गण्डकी, बागमती र कोसी प्रदेशका बाँकी केही भूभागसँगै मधेस प्रदेशकोसमेत थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएको महाशाखाले आइतबार बिहान साढे तीन बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावनासमेत रहेको छ। मौसमविद्का अनुसार हाल…

Read More

बिर्तामोड, २० बैशाख । पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका दुई जना प्रजातान्त्रिक योद्धा सम्मानित हुनुभएको छ ।्पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानित हुनुभएको हो । दम्पति याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेलाई संयुक्त रुपमा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य, प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेत लगायतले उनीहरुलाई सम्मान गर्नुभएको थियो । मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा भण्डारी र भुर्तेलले चरमयातनासहित जेल जीवन भोग्नु परेको थियो । कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष राजकुमार…

Read More

झापा, २० बैशाख । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले एघारौं सम्मान तथा पुरस्कार कार्यक्रम अन्तरगत आज उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा एकल महिलाहरुको मानव अधिकारको सुनिश्चितता गरिरहेका संस्था एकल महिला समूह (डब्ल्युएचआर) काठमाडौँलाई राष्ट्रिय आदर्श आमा पुरस्कार, पत्रकारितामा विद्यमान पितृसत्तात्मक शोच तथा लैगिंकताको दृष्टिकोणबाट १५ वर्षको कलिलो उमेरदेखि राजनीतिक बिटको पत्रकारितामा सक्रिय पत्रकार बिनु सुवेदीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारसहित नगध १ लाख १ हजार १११ रुपैयाँ र लैगिंक सामाजिकिकरणका कारण बाल्यकालदेखि नै बालक र बालिकाहरूलाई गरिने विभेद युक्त सामाजिक तथा पारिवारिक व्यवहारमा सन्तुलन ल्याउन सामुदायिक स्तरमा सञ्चालन गरेका सचेतनामूलक अभियानको लागि…

Read More

झापा, २० बैशाख । झापा, उदयपुर, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो । त्यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध…

Read More

ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ । वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन–३ खाम्लुङ स्थितमा रहेको युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका–१ बतासेका २४ वर्षीय खगेन्द्र राईले हाइड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

Read More

झापा, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज दुई जना पत्रकार पुरस्कृत भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रमकाबीच एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर वुढाथोकीलाई र २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको हो । उनीहरुलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गर्नुभयो । भण्डारी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका…

Read More

झापा, २० बैशाख । प्रेस स्वतन्त्रताका लागि झापाका राजनीतिक दलहरुको पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तरसम्वादका सहभागीले पाँच बुँदे प्रतिबद्धता जनाएका हुन् । अन्तरसम्वाद पछि जारी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीे, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापा सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापा अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापा अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टी झापा अध्यक्ष समर राई, जनमत पार्टी झापा अध्यक्ष…

Read More

झापा, २० बैशाख । पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका तत्कालिन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचत कर्ताको करोडौं रुपैंया रकम हिनामिना गरेर लामो समयदेखि फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । सहकारीको रकम गठी गरेर फरार रहेका खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । खनालले दुई करोड ६ लाख रुपैंया भन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ । रकम लिएर फरार भएका खनाल विरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय…

Read More

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ । २. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।६. एक मानव शरीरमा करीव एकहजार विलियन ९१ अर्ब० स्नायु कोषहरु हुन्छन् ।७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र २…

Read More

नवलपरासी, २० वैशाख । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका –६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए। शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More