ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ ।
वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन–३ खाम्लुङ स्थितमा रहेको युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका–१ बतासेका २४ वर्षीय खगेन्द्र राईले हाइड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।
Facebook Comments Box


