
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, २ फागुन । इलामको हिमाल दोलखा हाइड्रोपावरले जलविद्युत आयोजना सञ्चालन गर्दा पानीको प्रयोगलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीयले कम्पनीले नियम मिचेर खोलाको पानी प्रयोग गरेको आरोप लगाएका छन् भने वडाले समेत पानीलाई खोलामा प्राकृतिक रुपमै सञ्चालन गर्न भन्दै कम्पनीलाई पत्रचार समेत गरेको छ । जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ। तर हिमाल दोलखा हाइड्रोपावरले नियम विपरीत खोलाको पानी जलविद्युत आयोजनामा लगेको स्थानीयको भनाई छ । इलाम नगरपालिका १० मा पर्ने उक्त जलविद्युत आयोजनाले राजदुवाली भन्दा माथिबाट आयोजनामा पानी लैजाँदा त्यसभन्दा तल्लो खोला क्षेत्रमा पानी छोडे पनि उक्त पानी पावर हाउस भन्दा माथिबाटै क्यासकेट…
झापा, २ फागुन । झापाको भद्रपुर–१, लाहुरेचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर पृथ्वीनगर बनियानीको स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सवको उद्घाटन कार्यक्रम भोलि हुँदैछ, जसमा प्रमुख अतिथिका रूपमा भारतको पश्चिम बङ्गाल, कालिम्पोङस्थित प्रमुख धार्मिक केन्द्र श्रीकृष्ण प्रणामी मन्दिर मङ्गलधामका गादीपति गुरुजी श्री १०८ मोहन प्राचार्य महाराज सहभागी हुनेछन्। आयोजक समितिका अनुसार उनी भोलि झापा आउने कार्यक्रम छ। स्वर्ण महोत्सव मूल समारोह समितिले जानकारी दिएअनुसार, महोत्सवको सुरुवात सोमबारे बजारबाट बनियानी बजार हुँदै लाहुरेचोकसम्म हुने कलश यात्रासहित गरिनेछ। सप्ताहव्यापी रूपमा सञ्चालन हुने महोत्सव फागुन ३ देखि ९ गतेसम्म जारी रहनेछ। यस अवधिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, श्रीमत तारतम ब्रह्मवाणी चर्चा तथा विभिन्न…
बिर्तामोड, २ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४(३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २(२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो । कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई,…
अर्जुनधारा, २ फागुन । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कूलले १७ औं वार्षिकोत्सव मनाएको छ । आज स्कूलले विविध कार्यक्रम गरी आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना र स्कूलबाट २०८० को एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरेको छ । सामाजिक अभियन्ता ढुंगाना स्वच्छ समाजका लागि सामाजिक अभियान नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले सडकमा फ्याँकिएका प्लास्टिक, फोहोरमैला संकलन गर्दै स्वच्छ वातावरण निर्माणमा लाग्नुभएको छ । ढुंगानाले अनाथ बालबालिकाका लागि अर्जुनधारा–११ मा प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग संकलन गरिरहेका छन् । उहाँको अभियानलाई सहयोग पु¥याउन स्कूलका संस्थापक सुमन…
झापा, २ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ । परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।
इलाम, २ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट भएको छ । जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले…
झापा, २ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज युरो, पाउन्ड र कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने सस्तिएका छन्। अमेरिकी डलरको मूल्य भने हिजोकै यथावत छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो। यही माघ २५ गते…
बिर्तामोड, २ फागुन । नेकपा माओवादी केन्द्रका तीन वटा नगर समितिले झापाको बिर्तामोडमा जनयुद्ध दिवस मनाएका छन् । नेकपा माओवादी केन्द्र बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगर समितिले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन् । बिहीबार साँझ उनीहरुले बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरी ३०औं जनयुद्ध दिवस मनाएका छन् । नेपालको नक्सा भित्र हँसिया हतौडा चिन्ह निर्माण गरी दीप प्रज्वलन गरिएको थियो । माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङको सभापतित्वमा भएको कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले जनयुद्ध ऐतिहासिक भएको बताएका थिए । मुलुकको परिवर्तन र नेपाली जनताको मुक्तिका लागि २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्धका कारण मुलुकले छलाङ मारेको उनीहरुले बताए ।…
हल्दिबारी, २ फागुन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले बिहीबार एक कार्यक्रमका बीच उपभोक्तालाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ । समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तालाई सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय रुपैयाँ संकलन गरी वन समूहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मूल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो । ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ। चुलो परीक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका चुलो भएकाले सुरक्षित रहेको बताइएको छ। २ हजार वाट तापशक्ति रहेको…
झापा, २ फागुन । आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् । तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ । दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक…