
हल्दिबारी, २ फागुन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले बिहीबार एक कार्यक्रमका बीच उपभोक्तालाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ ।
समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तालाई सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय रुपैयाँ संकलन गरी वन समूहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मूल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो ।
ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ। चुलो परीक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका चुलो भएकाले सुरक्षित रहेको बताइएको छ। २ हजार वाट तापशक्ति रहेको यो चुलोले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विद्युत खपत हुने बताइएको छ ।
उपभोक्ताको वनमा निर्भरता घटाउने र एलपी ग्यासको खपत कम गराउन यो कार्यक्रम ल्याइएको अध्यक्ष मोक्तानले बताए ।


