jhapaonline add

भद्रपुर , २६ वैशाख । जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । उहाँले बताउनुभयो । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या…

Read More

काठमाडौँ, २६ वैशाख । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् । नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी…

Read More

मुम्बई, २६वैशाख। भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् । एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले…

Read More

सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको छ । वैशाख २५ गते विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २६ वैशाख । झापा र मोरङको विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वैशाख २४ गते मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र धरान–८ का ४६ वर्षीय राज तामाङ र ३५ वर्षीय प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन…

Read More

विराटनगर, २६ वैशाख । मोरङको ग्रामथान गाउँपालिकापा–६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । वैशाख २५ गते दिउसो बिराटनगरबाट बिराटचौक तर्फ जाँदै गरेको प्रदेश १.०२.०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका–६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका–७ का अनिस भगतलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २६ वैसाख । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । वैशाख २५ गते विहान शिवसताक्षी नगरपालिका–८ मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै रहेको धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो । पानीमा डुबेको अवस्थामा उनकै आमा कल्पना टुडुले देखि पानीबाट निकालि हेर्दा मृत भईसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएकोमा प्रहरी टोली खटि कानूनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा बुझाईएको छ ।

Read More

सन्तोष शर्माझापा, २६ बैशाख । जिल्लाको झापा गाउँपालिकामा अत्याधुनिक प्रविधि एआई जडित एक्स–रे मेसिनबाट क्षयरोग परीक्षण गरिएको छ । झापा गाउँपालिकाको तीन वटा स्थानमा एआई जडित एक्स–रे परीक्षण गर्दा १६ जना नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । कूल आठ सय ६४ जनाको एक्स–रे गर्दा एक सय १३ जना शंकास्पद बिरामी फेला परेको र उनीहरुको खकार परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “एक्स–रे गर्ने बित्तिकै १६ जना रोगी फेला परेका छन्, उनीहरुको उपचार शुरु गरिसकेका छौं”, उहाँले भन्नुभयो, “शंकास्द बिरामीको खकार परीक्षणको रिपोर्ट आएपछि बिरामीको संख्या बढ्न सक्छ ।” गाउँघरमा लुकेर रहेका…

Read More

बिर्तामोड, २६ बैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष बिर्तामोडका सामाजिक व्यक्तित्व विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । बिर्तामोड–१ स्थित आफ्नै घरमा उहाँले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ घटनास्थलतर्फ जानुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

झापा, २६ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर…

Read More