झापा, २६ वैसाख । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।
वैशाख २५ गते विहान शिवसताक्षी नगरपालिका–८ मनहराका लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै रहेको धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो ।
पानीमा डुबेको अवस्थामा उनकै आमा कल्पना टुडुले देखि पानीबाट निकालि हेर्दा मृत भईसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएकोमा प्रहरी टोली खटि कानूनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा बुझाईएको छ ।
Facebook Comments Box


