बिर्तामोड, २६ बैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष बिर्तामोडका सामाजिक व्यक्तित्व विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् ।
बिर्तामोड–१ स्थित आफ्नै घरमा उहाँले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ घटनास्थलतर्फ जानुभएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments Box


