
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
गुयाक्विल (इक्वेडर), २३ फागुन । इक्वेडरको लागुपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो । एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूहहरू संलग्न थिए । उक्त गिरोह यस पहिले शान्तिपूर्ण देशमा सबैभन्दा शक्तिशाली गिरोहमध्ये एक हो । इक्वेडर लागु औषध तस्करी, अपहरण र फिरौतीमा संलग्न अनुमानित २० आपराधिक गिरोहहरूको घर हो । यिनीहरूले विश्वको सबैभन्दा ठुला कोकिन उत्पादकहरू पेरु र कोलम्बियाबीचमा…
झापा, २३ फागुन । झापाको अर्जुनधारामा बच्चालाई स्कुल बस चढाउन जाँदा घरमा लाखौँको चोरी भएको छ । बिहीबार बिहान अन्दाजी ९ः३० बजे अर्जुनधारा नगरपालिका(६ दासपुल नजिक बस्ने लक्ष्मी सङ्ग्रौलाको २ तले घरको माथिल्लो तलाबाट लाखौँको चोरी भएको हो । लक्ष्मी सङ्ग्रौलाकी बुहारी इन्दिरा रिजाल सङ्ग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउन गएकी थिइन् । उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको विभिन्न गर–गहना अन्दाजी ९ तोला बराबर र चाँदी अन्दाजी ३ तोला समेत गरी अन्दाजी १५ लाख बराबरको चोरी भएको हो । चोरी गर्ने व्यक्तिको पहिचान तथा खोजतलास…
झापा, २३ फागुन । झापाको विभिन्न बजारहरूमा तेस्रोलिङ्गीहरूले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरूले तेस्रोलिंगीहरुबाट धेरै दबाब आउने गरेको गुनासो गरेका छन् । केही महिनादेखि बिर्तामोड क्षेत्रमा भाडामा बस्दै आएका तेस्रो लिङ्गीहरूले पसल–पसल र सर्वसाधारणहरूसँग दबाब दिदैं पैसा उठाउँदै आएका छन् । बजार क्षेत्र र सार्वजनिक यातायातमा पैसाका लागि दबाब दिन थालेपछि कनकाईस्थित सुरुङा क्षेत्रमा स्थानीयवासीले सम्झाई बुझाई पठाएका छन् । सुरुङास्थित कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले तेस्रोलिंगीबाट सर्वसाधारणलाई धेरै हैरानी भइरहेको बताए । उनले तेस्रोलिंगीले सर्वसाधारण र व्यापारीहरूलाई धम्क्याउँदै पैसा माग्ने गरेको, धेरै पैसा मागेर दुख दिने गरेको जानकारी दिए ।…
झापा, २३ फागुन । भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान ५ बजे भद्रपुर नगरपालिका–९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो, टाटी बेरा भएको काठको २ तले घरमा आगलागी भएको हो । घरनजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट सल्किएर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामान, एउटा बाख्रा , एउटा गाईको बाच्छी, कुखुरा ३० वटा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख १९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो…
झापा, २३ फागुन । झापाको बाह्रदशी गाउँपालिका –५ मा महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा क्रृण सहकारी संस्थाको आयोजनामा महिलालाई दुई दिने अचार बनाउने तालिम प्रदान गरिएको हो । महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । बाह्दशी गाउँपालिका वडा नं। ५ स्थित बुधबारे बजारमा गोलधाप सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यहरुलाई वडाध्यक्ष बिर बहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यतामा २ दिवसीय अचार निर्माण तालिम कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष तथा शिक्षा उप समिति संयोजक मेहरमान विष्टले जानकारी…
तेह्रथुम, २३ फागुन । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक…
झापा, २३ फागुन । नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ। पाँच मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ। लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेव्यु निर्देशकीय फिल्म हो । यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु…
झापा, २३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर…
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक…
झापा, २३ फागनु । झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ । नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो । लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका नाका काँकरभिट्टा, बिर्तामोड र दमकमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । तथापि, लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ गर्नेक्रम रोकिएको छैन । गत आर्थिक वर्ष २०७८/०७९ देखि चालू आर्थिक वर्षको माघसम्मको ४३ महिनाको अवधिमा जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता गरी एक हजार तीन ६५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक छ । प्रहरीले आठ सय ८४ वटा मुद्दामा उनीहरुमाथि कारबाहीसमेत अघि बढाएको छ । चालु आर्थिक वर्ष…