
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। वीरगन्ज पर्साकी प्रिसा साह मृत फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्। प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरै पटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।
झापा, १९ बैशाख । उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४…
झापा, १९ बैशाख । आज शुक्रबार देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ। यस्तै आज राति कोसी प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी…
मेचीनगर, १९ बैशाख । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भए । संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण…
झापा, १९ बैशाख । झापाको बाह्रदशी गाँउपालिका–५ स्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित मेडिकल सञ्चालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाइक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित पक्राउ परेकी उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, १८ बैशाख । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा आज आयोजित मोर्चाको भेलाले पालुङ्वाको संयोकत्वमा ८० सदस्यीय समिति सर्वसम्वत गठन गरेको हो । चार वटा पहिचानवादी पार्टीको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा निर्माण भएको छ । मोर्चाको सह–संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीरबहादुर…
बिर्तामोड, १८ बैशाख । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ १३६ औं मजदुर दिवस मनाएको हो । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल ढुवानी मजदुर संघ पूर्व इलाका बिर्तामोड झापाको नेतृत्वमा विभिन्न मजदुर संगठनको सहभागीतामा कार्यक्रम भएको हो । मजदुर दिवसको अवसर पारेर बिर्तामोडमा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो । अखिल नेपाल ढुवानी मजदुर संघका पूर्व इलाका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कोण सभाको…
सन्तोष शर्माभद्रपुर, १८ बैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । रेडक्रस झापा शाखाको आज ५१ औं वार्षिक साधारणसँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा आएको हो । झापा शाखाले रू ७५ लाखको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । अब एक पोका रगतबाट तीन–चार जनाको आवश्यकता पूर्ति गर्न सकिने उहाँले बताउनुभयो । “रगतका विभिन्न तत्वलाई छुट्याउने कम्पोनेन्ट मेसिन स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “जसबाट रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस र प्लाज्मालाई छुट्याउन सकिन्छ, जसलाई जे आवश्यक छ अब त्यही दिन सकिन्छ ।” कोशी प्रदेशमै ‘पहिलो’…
झापा, १८ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिले ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभाग हरिहरभवन ललितपुरलाई अख्तियारले पत्र काटेको हो । गत चैत ३१ गते अख्तियारले विभागलाई काटेको पत्रमा भनिएको छ– “जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफू खुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको भन्ने समेत व्यहोराको यस कार्यालयमा दर्ता…
भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ का ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा…