भद्रपुर, १८ बैशाख । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ ७ः३० बजेको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं. को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ का ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । दुबै सवारी साधन र पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box


