
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
धनकुटा, १० माघ । धनकुटाको धनकुटा नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ९ गते बेलुका जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटा (७ का २१ बर्षीय किरण राईको साथबाट लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला पारेको थियो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, १० माघ । सैफ अली खानले उनलाई अस्पताल पुर्याउने अटो रिक्सा चालक भजन सिंह राणालाई भेटेका छन् । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भजन सिंह राणाले आफूले मंगलबार अभिनेतालाई भेटेको स्वीकार गरे। उनले भने, ‘मलाई मंगलबार एक व्यक्तिको फोन आयो र उनले मलाई लीलावती अस्पतालमा बोलाए । म दिउँसो ३स्३४ मा त्यहाँ पुगेर सैफ अली खान र उहाँको परिवारलाई भेटेँ। उहाँले मलाई आफ्नो नजिकै बसाउनु भयो र मेरो काँधमा हात राखेर मलाई बधाई दिनुभयो। मैले उहाँकी आमालाई पनि भेटेँ । उहाँले हात जोड्नुभएको थियो तर मैले उहाँको खुट्टा छोएँ। यति ठुलो स्टारको खुट्टा छुँदा मलाई खुसी लाग्यो।’ राणाले थप…
झापा, १० माघ । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्, जसमा अहिलेसम्म कुनै क्षति भने भएको छैन। डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ । क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास…
कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले हिजो साँझ आफूले राइफलबाट गोली चलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० उमेशराज जोशीका अनुसार, साँझ साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले एसएलआर राइफलबाट आफैंमाथि गोली चलाएका थिए। गोली लागेर जवान बिष्ट गम्भीर घाइते भएका छन्। उक्त घटनामा बिष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान सुरु गरेको छ।
नेपालगञ्ज, १० माघ । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उहाँले भन्नुभयो । त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उहाँको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण…
झापा, १० माघ । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा तीन नेपाली नागरिकहरू छन्। मृतक नेपालीहरूमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन्। अरू मृतकमा चार जना भारतीय नागरिक रहेका छन्, तर उनीहरूको पहिचान हुन सकेको छैन। घाइतेहरूको उपचार स्थानीय पाचोरा ग्रामीण अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। समाचारअनुसार, दुर्घटना हुँदा यात्रुहरूलाई आगो लाग्ने डरले रेलको ट्र्याकको अर्को पाटोमा हाम फालेको थियो, र…
झापा, १० माघ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेस प्रदेशमा बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया…
पाँचथर, ९ माघ । पाँचथरको फिदिममा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकपमा आयोजक फिदिम भेट्रान्स क्लब बौद्ध भेट्रान्स क्लब रानिटार सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार फिदिम मा।वि।को खेलमैदानमा सम्पन्न पहिलो खेलमा आयोजक फिदिम भेट्रान्स क्लबले युनाइटेड फ्रेन्ड्स क्लब दार्जिलिङलाई टाई ब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यस्तै आजै सम्पन्न दोस्रो खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई सडन डेथमा पराजित गर्दै पाँचथरको बौद्ध भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो । फिदिम भेट्रान्स क्लबको आयोजनामा आगामी माघ १२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले…
रुपन्देही, ९ माघ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ । आज बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रुपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो । न्यायाधीश योगीले लामिछानेलाई २२ वटा प्रश्न सोध्नुभएको थियो । भोलि पुनः सवाल जवाफ सकिएपछि थुन छेक बहस हुने छ । जिम्मा जमानीमा भोलि १०ः३० बजे हाजिर हुने गरि कानुन व्यवसायीको जिम्मामा बयान सकिएको बहस भोलिदेखि हुने जिल्ला अदालत…
भोजपुर, ९ माघ । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । बुधवार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै उपाधि जितेको हो । राजगढले तिवारी भञ्ज्याङ माथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको म्यान अफ द म्याच राजगढका श्याम मुर्मु भए । गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा गत माघ एक गतेबाट बृहत् माघी मेला तथा गोल्डकप सुरु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताले नगद तीन र दुई लाख…