धनकुटा, १० माघ । धनकुटाको धनकुटा नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ९ गते बेलुका जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटा (७ का २१ बर्षीय किरण राईको साथबाट लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला पारेको थियो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box



