झापा, २३ कात्तिक । सशस्त्र प्रहरी बल नेपालले झापाको भद्रपुरबाट ठूलो परिमाणमा भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले २०८३ कात्तिक २२ गते दिउँसो १२ बजे भद्रपुर नगरपालिका–५ स्थित देवीबस्ती क्षेत्रबाट भारतीय फूलमाला बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको फूलमालाको मूल्य २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबर रहेको छ।
बरामद फूलमाला प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको कार्यालय परिसरभित्र रहेको खाली जग्गामा खाल्डो खनी पुरेर नष्ट गरिएको जनाइएको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएको फूलमाला बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
Facebook Comments Box



